गुल्मी – गुल्मी अस्पतालमा खानेपानी अभाव भएको छ । सदरमुकाम तम्घासमा रहेकाे जिल्लाकै ठूलो अस्पतालमा खानेपानी अभाव भएपछि समस्या भएको छ ।
रेसुङ्गा नगरपालिका ८ दोबिन्दा खोलाको मूलबाट ल्याउने गरेको मुहानमा सुक्खायाममा पानी सुक्दै गएपछि अस्पतालमा खानेपानीको अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले बताउनुभयाे । अस्पतालमा पानीको अभाव हुँदा बिरामी र कर्मचारीदेखि ल्याब सञ्चालनमा प्रयोग हुने उपकरणहरू पनि चलाउन समस्या भएकाे उहाँले बताउनुभयाे । आफू अस्पताल विकास समितिको अध्यक्ष भइसकेपछि दीर्घकालीन...