भक्तजनको चहलपहल नबढ्दा जनकपुरका व्यवसायी निराश

जनकपुरकी कारी देवी हलुवाईको मिठाई बनाउने र बिक्री गर्ने पुख्र्यौली पेशा हो । यही पेशाबाट उनी परिवारको गुजारा चलाउँदै आएकी छन् । उनको आम्दानीको मुख्य श्रोत राम मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन नै हुन । मन्दिरमा भक्तजनको संख्या बढ्यो भने उनको व्यापार बढ्छ । यदी मन्दिरमा आउने भक्तजनको संख्या घट्यो भने उनको आम्दानी पनि मर्छ । राममन्दिरको गेट अगाडीको फुटपाथमा उनले विगत ४० वर्ष देखी मिठाई पसल थापेर व्यापार गर्दै आएकी छन ।विगतको मधेश आन्दोलन र कोरोना माहामारीका कारण थलिएको व्यापारले यसपाली पनि लयमा फर

सम्बन्धित सामग्री

दशैँ व्यापार : व्यापारी भन्छन्, ' साेचेजस्ताे छैन, सेलमा मात्रै भीड हाे'

काठमाडौँ : दशैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा काठमाडौँको मुख्य बजारका व्यापारीहरू चिन्तित बनेका छन्। काठमाडौँको असन, न्युरोड र भोटाहिटीलगायतका व्यपारीहरू दशैँको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन्।विगतका वर्षहरूको जस्तो यो वर्ष आर्थिक मन्दीले उत्साह नदेखिएको उनीहरूले बताएका छन्। न्युरोडका व्यापारी वैकुण्ठ दाहालले सामान किन्ने ग्राहक नआउँदा व्यापारीहरू मोवाइल चलाएर बस्न बाध्य भएको बताए।नेपाल राष्ट्रिय व्यापार महासंघ पूर्वअध्यक्ष नरेश कटुवालले केही चहलपहल भए पनि सोचेअनुसा

तीजमा चुरापोतेका पसल सुनसान

काठमाडौं । आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव तीजको बजारमा परेको छ । तीजको समय श्रृङगार सामानसहित लत्ता कपडाको विक्री अत्यधिक हुने गर्छ । तीज आउन केही दिन बाँकी रहँदा काठमाडौंको मुख्य बजारमा खासै चहलपहल छैन । काठमाडौंको ईन्द्र चोकमा श्रृङगार सामाग्रीको पसल सञ्चालन गर्दे आउनुभएकी सहनसीला महर्जन यो वर्ष व्यापारदेखि निकै निराश हुनुहुन्छ । पुरानो श्रृङगारको […]

चुनावी चहलपहल कम, मतदाता निराश

अघिल्ला निर्वाचनमा उम्मेदवारले गरेको वाचा पूरा नभएको र मधेसका एजेन्डा ओझेलमा परेको भन्दै मतदाता निराश हुँदा यसपालि मधेसमा चुनावी चहलपहल कम छ । राजनीतिक दल र उम्मेदवारले मनोमानी गठबन्धन गरेका कारण पनि निर्वाचनप्रति मतदातामा उत्साह छैन ।

दसैंको मुखमा पनि न्युरोडका व्यापारिक केन्द्र सुनसान

दसैंको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन् । काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दसैंको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् ।दसैंको समयमा गत वर्षमा ग्राहकहरुको ठेलाम्ठेल हुने असन र न्युरोड बजार अहिले शुन्य प्राय: छन् । केही चहलपहल त छ तर सोचेअनुसार को चहलपहल भने हुन नसकेको व्यापारीहरुको गुनासो छ […]

काठमाडौंका व्यापारिक केन्द्र सुनसान हुँदा व्यापारी निरास

काठमाडौं । नेपालीहरुकाे महान चाडपर्व दशैं र तिहार नजिकिंदै गर्दा समेत काठमाडौंका व्यापारिक केन्दमा व्यापार हुन सकेकाे छैन् । राम्रो लगाउने मिठो खाने परम्परा अनुसार बजारमा चहलपहल सुरू भएको छ । दशैं सुरू हुनै लाग्दा काठमाडौंका साना तथा ठूला व्यापारीहरू व्यापार नहुँदा निराश भएका छन् । उपभोक्ता महँगीले जीवन धान्न मुश्किल परेको दुखेसो गरेका छन् […]

दशैं आयो तर न्युरोडका व्यापारी भन्छन्, ‘व्यापार छैन’

काठमाडौं । दशैंको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन् । काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दशैंको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् । नेपालीहरुको महान चाड बडा दशैंको समयमा गत वर्षमा ग्राहकहरुको ठेलाम्ठेल हुने असन र न्युरोड बजार अहिले शून्य प्रायः छन् । केही चहलपहल त छ तर सोचेअनुसारको चहलपहल […]

असन र न्युरोडमा हरायो आकर्षण, व्यापारी निराश (तस्वीरहरू)

काठमाडौं :  दशैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन्। काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दशैँको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन्। नेपालीहरुको महान चाड बडा दशैँको समयमा गत वर्षमा ग्राहकहरुको ठेलाम्ठेल हुने असन र न्युरोड बजार अहिले शुन्य प्रायः छन्।केही चहलपहल त छ तर सोचेअनुसार को चहलपहल भने हुन नसकेको व्यापारीहरुको गुनासो छ। गत वर्षहरुमा न्युरोड क्षेत्रमा हिँड्नेसमेत ठाउँ नहुने गरेर मानिसहरु किनमेलका लागि आउने गरे पनि यसवर्ष भन

व्यापार नहुँदा न्युरोडका व्यापारी निराश

काठमाडौं । दसैँको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन् । काठमाडौंको असन, न्युरोडका व्यपारीहरु दसैँको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन् ।  नेपालीहरुको महान चाड बडा दसैँको समयमा गत वर्षमा ग्राहकहरुको ठेलम्ठेल हुने असन र न्युरोड बजार अहिले शून्यप्रायः छन् । केही चहलपहल त छ,...

दसैं उत्साह छैन यसपालि

कोरोनाको असर कम भएसँगै जिल्लाका व्यापारिक क्षेत्रमा चहलपहल बढ्न थाले पनि व्यापार हुन नसक्दा व्यवसायी भने निराश छन् ।

नयाँ वर्षमा पनि पर्यटक नआउँदा व्यवसायी निराश

चितवन । गतवर्ष कोरोनाका कारण पर्यटन क्षेत्र पूर्णरूपमा बन्द भए पनि यो नयाँ वर्षमा पर्यटक आगमन बढ्ने अपेक्षा गरेका चितवनका पर्यटन व्यवसायी निराश बनेका छन् । अंग्रेजी नयाँ वर्षमा जस्तै नेपाली नयाँ वर्षमा पनि पर्यटक आगमन उत्साहप्रद हुने आशा गरेका व्यवसायी पर्यटक नआउँदा निराश बनेका बनेका हुन् । केही समय अघिसम्म गति लिन लिन थालेको जिल्लाको पर्यटन व्यवसाय कोरोनाको दोस्रो लहर शुरू भएसँगै पुनः सुस्ताएको छ । होटलहरूमा यसअघि नै भएका बुकिङ समेत कोरोना त्रासकै कारण रद्द भएको व्यवसायीले बताएका छन् । जिल्लाका सौराहा, पटिहानी र मेघौली लगायत प्रमुख पर्यटकीय क्षेत्रमा अंग्रेजी नयाँ वर्षमा उत्साहप्रद रूपमा भएको पर्यटक आगमन नेपाली नयाँ वर्षमा निकै घट्यो । भरतपुर महानगरपालिका–२२ को कसरा रिसोर्टका जनसम्पर्क अधिकृत सागर पौडेलले नयाँ वर्षमा पर्यटक आगमन शून्यप्रायः रहेको बताए । ‘गतवर्षलाई छाडेर अघिल्ला वर्षहरूमा एक हप्ताअघिखि नै सबै रूम बुकिङ भइसक्थे, सेवा दिन भ्याइनभ्याइ हुन्थ्यो,’ उनले भने, ‘अहिलेको नेपाली नयाँ वर्षमा पहिले नै भएका बुकिङ समेत क्यान्सिल भए ।’ केही दिन अघिसम्म राम्रै चहलपहल देखिन थालेको पर्यटन व्यवसाय कोरोना संक्रमण र मृत्युदर बढेसँगै प्रभावित बन्न पुगेको हो । नारायणगढ र रत्ननगरमा होटल सञ्चालन गर्दै आएका नेपाल पर्यटन व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुके पछिल्लो हप्ता पर्यटकीय चहलपहल घट्न थालेको बताउँछन् । ‘एक त सरकारले कोरोनाविरुद्ध सचेतना अपनाउन अनुरोध गरेको छ,’ उनले भने, ‘अर्कोतिर यही त्रासका कारण मानिस बाहिर निस्कन कम गर्न थाले ।’ अघिल्ला वर्षहरूमा चितवनमा काठमाडौं, पोखरा लगायत शहरबाट उल्लेख्य आन्तरिक पर्यटक आए पनि यसपटक ती ठाउँबाट नआएको उनले बताए । उनका अनुसार राति ९ बजे होटल, रेष्टुराँ बन्द हुने भन्ने हल्लाका कारण पनि पर्यटक होटल÷रेष्टुराँमा निकै कम आएका हुन् । यतिबेला चितवनको प्रमुख पर्यटकीय स्थल सौराहा सुनसान जस्तै देखिएको छ । नयाँ वर्षको अघिल्लो दिनको रात केही रेष्टुराँ र पबहरूमा आन्तरिक पर्यटकको उपस्थिति बाक्लै देखिए पनि होटलमा भने पर्यटकको न्यून उपस्थिति थियो । जंगल सफारी लज सौराहाका निर्देशक सुमन घिमिरेले नयाँ वर्षको अघिल्लो दिनदेखि पर्यटक आए पनि अधिकांश पर्यटक स्थानीय भएकाले व्यवसाय खासै नभएको बताए । ‘यो नयाँ वर्षमा अन्य जिल्लाका पर्यटक आउन सकेनन् । बाह्य पर्यटक पनि शून्य बराबर नै छ,’ उनले भने । खर्च गर्ने पर्यटक नहुँदा आगमन बाक्लो भए पनि यसले व्यवसाय बढ्न नसक्ने उनको भनाइ छ । ‘अघिल्ला वर्षहरूमा नयाँ वर्ष आउन १ महीना अघिदेखि नै रूमहरू प्याक हुन्थ्यो, हात्ती सफारी, जीप सफारीका लागि पनि भरिभराउ हुन्थे,’ उनले भने, ‘यसपालि त्यस्तो माहोल बन्न सकेन,’ क्षत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले भने । ६ महीना अघिदेखि नै पर्यटन व्यवसाय पूर्णरूपमा खुलेर सेवा दिँदै आए पनि हालसम्म नोक्सान बेहोर्नुपरेको भन्दै भट्टराईले  बाह्य पर्यटक नआएसम्म व्यवसाय नउकासिने बताए । यस्तै अवस्था रहे पर्यटन व्यवसाय पुनः बन्द गर्नुपर्ने अवस्था आउन सक्ने व्यवसायीको अनुमान छ ।