निष्ठाको राजनीतिलाई समाप्त भयो : पौडेल

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य डोरमणि पौडेलले वर्तमान परिस्थितिमा नेपालमा निष्‍ठाको राजनीति समाप्त भएको बताएका छन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक जिल्ला समीक्षा बैठकमा बोल्दै पौडेलले देशमा पछिल्लो समय भएको राजनीतिक फेरबदलपछि निष्‍ठाको राजनीतिलाई समाप्त भएको बताए । पछिल्लो समय केन्द्रीयस्तरमा बनेको विपक्षी गठबन्धनले निष्‍ठाको राजनीति समाप्त पार्ने काम गरेको आरोप लगाए । केन्द्रदेखि प्रदेशसम्म सत्ता समीकरण नै बदलेर विपक्षी गठबन्धनले देश