चीन : यौन उत्पीडनको आरोप लगाएपछि ‘हराएकी’ महिला खेलाडी सार्वजनिक, भनिन्, ‘सुरक्षित छु’

 चीनकी टेनिस खेलाडी पेंग शुआईले आइतबार एक भिडियो कलमा आफू पूर्ण रुपमा सुरक्षित र स्वस्थ भएको  जानकारी दिएकी छिन् । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी)ले पेंगले आफूलाई यसबारे बताएको जानकारी दिएको छ ।आइओसीले एक बयान जारी गरेर आईओसीका अध्यक्ष थोमस ब्याशले पेंग शुआईसँग ३० मिनेटसम्म कुरा गरेको बताएको छ ।बयानमा भनिएको छ, ‘उनी ठिक छिन् । उनी कुन हालतमा छिन् भने हामीलाई असाध्यै चिन्ता लागेको थियो ।’केही समय अघि ३५ वर्षकी पेंग शुआईले चीनका एक वरिष्ठ मन्त्रीविरुद्ध यौन उत्पीडनको आर