अबको तीन दिन पहाडी क्षेत्र बाहेकका ठाउँमा खासै पानी पर्ने सम्भावना छैन : मौसमविद्

काठमाण्डाै – देशका धेरै ठाउँमा अहिले बिहानको मौसम सामान्यतया सफा छ । दिउँसोपछि भने पहाडी जिल्लामा मौसम बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार पहाडी क्षेत्रबाहेक अन्य ठाउँको मौसम अबको तीन दिनसम्म नै सामान्यतया सफा रहने अनुमान छ । स्थानीय र पश्चिमी  वायुको प्रभावका कराण दिउँसोपछि भने काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने अनुमान छ । यसैबीच, केही दिन अघि परेको वर्षाका कारण तुवाँलो केही हटेको छ ...