संसद अधिवेशन अन्त्य गर्ने सरकारको तयारीप्रति काँग्रेसको आपत्ति

काठमाडौं । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आपत्ति जनाएको छ । संसद विघटनका कारण हिउँदे अधिवेशन ढिलो प्रारम्भ भएकाले वैशाखमै बर्खे अधिवेशन बस्नुपर्ने हुँदा जारी अधिवेशन अन्त्य गर्न लागेको सरकारले जनाएको छ । शुक्रबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले जारी अधिवेशन चाँडै अन्त्य गर्न लागिएको बताएका थिए । प्रधानमन्त्री  ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको गरेपछि ११ फागुनमा सर्वोच्च अदालतले पुनःस्थापित गरे

सम्बन्धित सामग्री

अविस्वासको प्रस्ताव प्रतिगामी कदम : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफु अविस्वास प्रस्तावबाट भाग्न नखोजेको बताएका छन् । उनले अविस्वास प्रस्ताव छल्नलाई संसद अधिवेशन अन्त्य गरेको नभई प्रदेशको स्थिरताका लागि अविस्वास प्रस्ताव ल्याउने दलहरूसँग वार्ता र संवाद गर्नकै लागि अधिवेशन अन्त्य गरेको दावी गरेका हुन् ।संसद अधिवेशन अन्त्यपछि विकसित घटनाक्रमबारे कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले वामपन्थीहरुले मुलुकमा विकास र स्थिरताका कुरा गरेपछि प्रदेश सरकारविरुद्ध अविस्वास प्रस्ताव ल्याएर समृद्धिको यात्रामा अवरोध गरेक

Ratopati

लुम्बिनी प्रदेश : संसद् अधिवेशन अन्त्य भए पनि सरकार फेर्ने खेल जारी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफू अल्पमतमा पर्ने संकेत देखिएसँगै प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरे पनि विपक्षी दलहरुले सरकार परिवर्तनका लागि छलफल जारी राखेका छन् ।नेकपा माओवादी, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश सरकार गठनका लागि गठबन्धन बनाउन आपसमा छलफल जारी राखेक...

Ratopati

संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ। सर्वोच्च अदालतले ११ फागुनमा संसद विघटन बदर गरिदिएपछि प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेदेखि सुरु भएको थियो।यसबीचमा अहिलेसम्म ५ वटा बैठक बसेको छ। जुन औपचारिकतामै सीमित भए। आगामी बैठक १८ चैतमा बोलाइएको छ। त्यो बैठक पनि शोक प्रस्तावबाहेक अन्य विषयमा प्रवेश नगर्ने अनुमान गरिएको छ। प्रतिनिधिसभालाई सरकारले बिजनेश नै नदिएको विपक्षी दलको आरोप छ भने सरकारले विधेयकसमेत बढाउन नदिएको तर्क गर्दै आएको छ। अब एकाध

थाहा खबर

प्रतिनिधिसभा विघटनको एक महिना : काँग्रेसको प्राथमिकता के ?

काठमाडौँ । सरकारले प्रतिनिधि सभा विघटनको निर्णय लिएको एक महिना भइसक्दा पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसमा प्राथमिकताको ‘कित्ता क्लियर’ हुन सकेको छैन । संस्थापन र इतर पक्षले गुटगत लाभहानीको लेखाजोखा गरि धारणा बनाउँदा पनि काँग्रेसमा अलमल देखिएको छ ।संसद् विघटनको विषयमाथि छलफलका लागि पुस ७ बाट जारी केन्द्रीय समिति बैठक पनि यसमै अल्झिएको छ । सुरुवाती चार दिन नियमित र पुस १९ मा गरी पाँच दिन बैठक बसेर दुई चरणका आन्दोलनको घोषणा गरेको काँग्रेसले बैठक टुङ्ग्याएको छैन । मंगलबार

Ratopati

राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएकोमा प्रचण्ड-नेपाल पक्षको आपत्ति

राष्ट्रिय सभा सदस्य तथा नेकपा प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएकोमा आफ्नो विरोध रहेको बताएका छन् । आइतवार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै राष्ट्रिय सभाको अधिवेशनको छिटै अन्त्य हुनु राम्रो नभएको बताएका हुन् । 'प्रधानमन्त्री ओलीद्वारा प्रतिनिधि सभाको असंवैधानिक विघटन गरिएको अवस्थामा राष्ट्रिय सभा जनताको अवाजलाई प्रतिनिधित्व गर्ने संसदको थलो थियो,' प्रवक्ता श्रेष्ठले भने, 'अचानक अन्त्य गर्ने काम गरियो,...

Lokaantar

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि आजैबाट अधिवेशन अन्त्यको घोषणा गरिएको हो । आइतबार बिहान आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो । राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजै मध्यरातिदेखि अन्त्य भएको अध्यक्ष गणेश तिमिल्सिनाले बताउनुभयो । प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेपछि अधिवेशनको अन्त्य गरिएको हो । पुस १७ गते राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु गरिएको थियो । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेपछि स्थायी संसदको रुपमा लिइने उपल्लो सदन राष्ट्रिय सभामा समसामयिक विषयमा बहस छलफल सुरु भएको थियो। राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको पनि चर्को विरोध सुरु भएको थियो । संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्न अधिकार दिएको छः ओली प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिएको दाबी गर्नुभएको छ । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन संविधान सम्मत भएको दावी गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकार संविधानको धारा ७६ को १ अनुसार भनेको भन्दै अन्य विकल्प नरहेको बताउनुभयो । ‘संविधानको धारा ७६ को १ अनुसारको यो सरकार हो २, ३, ४, ५ विकल्पमा आएन, सिद्धियो’, ओलीले भन्नुभयो, ‘अब ७ ले सरकार रहने अवस्था नरहँदा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनका लागि मिति घोषणा गर्नेछ। त्यसअनुसार नै भएको छ, संविधानसम्मत कसरी भएन ?’ उहाँले अस्थिरतका लागि प्रतिनिधि सभा पुनःस्थापना नहुने बताए। ‘प्रतिनिधि सभा पुनःस्थापना कसरी हुन्छरु केका लागि हुन्छ। कुन विकल्पका लागि हुन्छरु के देशमा अस्थिरता ल्याउनका लागिरु ६र६ महिनामा सरकार परिवर्तन गर्नका लागि ?’, उहाँले भन्नुभयो । संसद पुनःस्थापना हुन्छ भन्ने कुरा हल्लामात्रै भएको भन्दै प्रधानमन्त्रीले केही व्यक्तिले संविधानमा प्रतिनिधि सभा विघटन हुन नसक्ने बताएको भन्दै संविधानको धारा ८५ अनुसार विघटन गर्न मिल्ने बताउनुभयो ।

Yug Darshan