कृष्ण थापाको अपराजित यात्रा कायमै

नेपालका क्यान्डिडेटमास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनसिपमा आफ्नो अपराजित यात्रा कायम राखेका छन् । पाँच चरणको समाप्तिमा ४ दशमलव ५ अङ्क जोडेका छन् । डिफेन्डिङ च्याम्पियन समेत रहेका थापा चौथो चरणको खेलमा आफूभन्दा कम वरियताका भारतीय खेलाडी मधुसूदन केआरसँग बराबरीमा रोकिए भने आइतबार राती सम्पन्न पाँचौँ चरणको खेलमा प्रतियोगिताका दोस्रो वरियताका लेबनानी खेलाडी मासरानी महमुदलाई पराजित गर्न सफल रहे ।च्याम्पियनसिप अन्तर्गत सोमबार मध्यान्ह हुने छैटौँ चरणको खेलमा थापाले दोस्रो