रुस-युक्रेन युद्धका ती कथा : जुन अमेरिकासहित पश्चिमा राष्ट्रले सुनिरहेका छैनन्

‘युक्रेन र बेलायत लगायतका उसका सहयोगीहरूले एक हजार वर्षदेखि रुसलाई धम्की दिइरहेका छन्, उनीहरूले नेटोलाई हाम्रो सिमाना नजिक ल्याउने धम्की दिइरहेका छन्, उनीहरूले हाम्रो संस्कृतिलाई नष्ट गर्न चाहन्छन्, उनीहरूले हामीलाई धेरै वर्षदेखि धम्की दिइरहेका छन् ।’रुसी संसद (डुमा) का सदस्य र रसियाका प्रभावशाली टिभी होस्ट येभगेनी पोपोभले १९ अप्रिलमा बीबीसीको युक्रेनकास्ट कार्यक्रममा यो कुरा भनेका थिए ।‘स्पष्ट रूपमा, युक्रेनका लागि नेटोको योजना रसियाका नागरिकहरूका लागि खतरा हो’, उनले भने