काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनुभएको छ। मुख्यमन्त्री भट्टले आज प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव पेस गरेपछि सभामुखले निर्णयार्थ पेस गर्दा उहाँको पक्षमा बहुमत पुगेको हो । आज प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्री भट्टको पक्षमा ३० मत प्राप्त भएको छ।
विपक्षमा ९ मत खसेको हो । १२ जना सांसद मतदान प्रक्रियामा सहभागी नै भएनन् । ५२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक थियो । मुख्यमन्त्री भट्टले प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोज...