रेल निर्माणका लागि घरघुरी सर्वेक्षणको काम अन्तिम चरणमा

कञ्चनपुर । मेची-महाकाली विद्युतीय रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यअन्तर्गत घरधुरी सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ ।     चार खण्डमा विभाजित गरी निर्माण भइरहको रेलमार्गको सुख्खड-गड्डाचौकीअन्तर्गत ९४ किलोमिटरको ...

सम्बन्धित सामग्री

कैलारीमा पन्ध्र शय्या अस्पताल निर्माण अन्तिम चरणमा

गोदावरी (कैलाली), १८ फागुन । कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । कैलारीको वडा नं ५स्थित बैजपुरमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ । अस्पताल निर्माणका लागि विसं २०७९ असार २९ मा निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको थियो । अस्पताल निर्माणको अवधि आगामी असारसम्म रहेको छ । […]

निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा

पचास शय्याको उक्त अस्पताल निर्माणका लागि विसं २०७८ असार १४ गते श्यामसुन्दर एण्ड एन्डी जिबी कन्स्ट्रक्सनसँग रु १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो।

म्याग्दी र बाग्लुङ जोड्ने पुलकाे निर्माणकाे काम अन्तिम चरणमा

म्याग्दी । म्याग्दी र बाग्लुङ जोड्ने ३ सय ८८ मिटर लामो झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरदेखि बाग्लुङ नगरपालिका–४ कुडुले जोड्ने ढोडेनी खोलामाथि पुल निर्माण गरेको हो । १ सय ७० मिटर अग्लो उक्त पुल निर्माणका लागि २०७८ साल असोजमा थानी–हिमशिखर जेभीले ३ […]

पनौती नगर अस्पतालको निर्माण कार्य अन्तिम चरणमा

१ करोड ३५ लाख १२ हजार १ सय ६ रुपैयाँको लागतमा अस्पताल निर्माण गरिएको हो । २०७८ भदौ १३ गते नगर अस्पताल निर्माणका लागि सुनकोशी इन्जिनियरिङ कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो ।

होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा

कपिलवस्तु । भारतमा कोरोना संक्रमण बढेपछि नेपाल फर्किनेको संख्या पुनः बढेको छ । कपिलवस्तुको कृष्णनगर नाका हँुदै नेपाल प्रवेश गर्नेको संख्या दोब्बरले वृद्धि भएको हो । नेपाल प्रवेश गर्नेको कोरोना परीक्षण सुरु भएको छ । कोरोनाको दोस्रो लहरमा भारतसँग जोडिएको सीमा क्षेत्रमा निर्माण सुरु भएको होल्डिङ सेन्टर अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् ।      यात्रुलाई लक्षित गर्दै निर्माण गरिएको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाद्वारा निर्माण भएको उक्त होल्डिङ सेन्टरमा कोरोना संक्रमण नियन्त्रणका लागि भारतबाट प्रवेश गर्नेलाई सुरक्षित राखिने बताइएको छ । कृष्णनगर नगरपालिका–१ शिवा नगरमा रहेको ४०० शय्याको होल्डिङ सेन्टर पुसभित्र सञ्चालनमा आउने निर्माण कम्पनीले जनाएको छ ।      भन्सार नाका नजिकै ६०० शय्या क्षमताको होल्डिङ सेन्टरको काम तीव्र गतिमा भइरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए । ‘एउटा निर्माणको काम पूरा भएको छ, अर्को होल्डिङ सेन्टर छिटो निर्माणका लागि तोकेता गरेका छौं’, पाण्डेले भने, ‘पहिला निर्माणको काम पूरा गरौं । अहिले भर्खरै सञ्चालन गर्ने अवस्था छैन ।’      गत असार ३ गतेदेखि सुरु गरिएको निर्माण पाँच महिनाभित्र सम्पन्न गर्ने भनिए पनि बर्खाका कारणले केही ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । अबको केही दिनमै काम सम्पन्न भएपछि उक्त स्थानबाट सेवा सञ्चालन गर्ने सकिने कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप साहले बताए । उक्त होल्डिङ सेन्टर निर्माणका लागि २७ करोड ६७ लाख ८२ हजार ५३५ मा हनुमान कन्स्ट्रक्सन ललितपुरले जिम्मा लिएको छ ।      सञ्चालनमा अन्योल      होल्डिङ सेन्टर निर्माण पूरा भए पनि सञ्चालनमा अन्योल देखिएको छ । अहिलेसम्म सरकारले सेन्टर सञ्चालनका लागि कसैलाई जिम्मा नदिँदा अन्योल देखिएको हो । होल्डिङ सेन्टर सञ्चालनका लागि अहिलेसम्म केन्द्रबाट कुनै पनि निर्णय नआएको प्रजिअ पाण्डेको भनाइ छ । होल्डिङ सेन्टर निर्माण गरिएको छ । यसलाई व्यवस्थापन कुन निकायले गर्ने भन्ने विषयमा निर्णय भएको छैन’, पाण्डेले भने, ‘सीमा क्षेत्रमा रहेको चुनौतीका बीच सञ्चालन गर्नुपर्ने हुन्छ । रासस

धनगढी सिटीहल निर्माण अन्तिम चरणमा

धनगढी । नेपाल सरकारको रू. साढे २८ करोडको लागतमा धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा सुविधासम्पन्न सिटीहल निर्माण अन्तिम चरणमा पुगेको छ । डेढ बिघा क्षेत्रफलमा रहेको उक्त सिटीहल निर्माण सम्पन्न भई फिनिसिङ भइरहेको छ । राष्ट्रिय सभागृहको मोडेलमा निर्माण गरिएको सिटीहलमा एउटा मुख्य अडिटोरियम, एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई रिहर्सल हल छन् । करीब ४०० गाडी अटाउने अण्डरग्राउण्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको संघीय योजना कार्यान्वयन एकाइ धनगढीले जानकारी दिएको छ । संघीय योजना कार्यान्वयन एकाइका इञ्जिनीयर पूजन न्यौपानेले फल्ससिलिङ लगाउने, रङरोगन गर्ने, बिजुली बत्ती जडान गर्ने, तातो–चिसोका लागि एसी तथा हिटर जडान गर्ने, खानेपानी जडान गर्नेलगायत काम भइरहेको बताए । मुख्य अडिटोरियमको क्षमता ९०० भन्दा बढीको र सेमिनार हलको क्षमता २०० जनाको रहेको जानकारी उनले दिए । कार्यालयका अनुसार सो सिटीहल निर्माणका लागि विकाइ एमके रोयल धनगढीसँग विसं २०७५ माघ २ गते ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीसँग गरिएको सम्झौताअनुसार आगामी पुस ९ गतेभित्रै काम सक्नेगरी काम भइरहेको इञ्जिनियर न्यौपानेको भनाइ छ । कोभिड–१९ का कारण काममा बाधा उत्पन्न भए पनि सिटीहल निर्माण समयमै पूरा गर्ने प्रयास गरिरहेको उनले बताए । साउण्ड सिस्टम जडान गर्ने काम बाँकी छ । सिटीहल निर्माणका लागि रू. एक करोडमा धनगढी नमूना प्राविधिक माविसँग जमीन खरीद गरिएको थियो । इञ्जिनियर न्यौपानेले हालसम्म रू. २२ करोड ६६ लाख खर्च भइसकेको बताए । सिटीहल सञ्चालन गाइडलाइन बनाएर उपमहानगरपालिकाले नै सञ्चालन र व्यवस्थापन गर्ने गरी हस्तान्तरण गरिने जानकारी दिइएको छ । धनगढी–८ का वडाध्यक्ष नारायणप्रसाद बरालले ठेक्कामार्फत सिटीहल सञ्चालन गरिने बताए । रासस

धनगढी सिटीहल निर्माण अन्तिम चरणमा

धनगढी । नेपाल सरकारको रू. साढे २८ करोडको लागतमा धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँमा सुविधासम्पन्न सिटीहल निर्माण अन्तिम चरणमा पुगेको छ । डेढ बिघा क्षेत्रफलमा रहेको उक्त सिटीहल निर्माण सम्पन्न भई फिनिसिङ भइरहेको छ । राष्ट्रिय सभागृहको मोडेलमा निर्माण गरिएको सिटीहलमा एउटा मुख्य अडिटोरियम, एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई रिहर्सल हल छन् । करीब ४०० गाडी अटाउने अण्डरग्राउण्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको संघीय योजना कार्यान्वयन एकाइ धनगढीले जानकारी दिएको छ । संघीय योजना कार्यान्वयन एकाइका इञ्जिनीयर पूजन न्यौपानेले फल्ससिलिङ लगाउने, रङरोगन गर्ने, बिजुली बत्ती जडान गर्ने, तातो–चिसोका लागि एसी तथा हिटर जडान गर्ने, खानेपानी जडान गर्नेलगायत काम भइरहेको बताए । मुख्य अडिटोरियमको क्षमता ९०० भन्दा बढीको र सेमिनार हलको क्षमता २०० जनाको रहेको जानकारी उनले दिए । कार्यालयका अनुसार सो सिटीहल निर्माणका लागि विकाइ एमके रोयल धनगढीसँग विसं २०७५ माघ २ गते ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीसँग गरिएको सम्झौताअनुसार आगामी पुस ९ गतेभित्रै काम सक्नेगरी काम भइरहेको इञ्जिनियर न्यौपानेको भनाइ छ । कोभिड–१९ का कारण काममा बाधा उत्पन्न भए पनि सिटीहल निर्माण समयमै पूरा गर्ने प्रयास गरिरहेको उनले बताए । साउण्ड सिस्टम जडान गर्ने काम बाँकी छ । सिटीहल निर्माणका लागि रू. एक करोडमा धनगढी नमूना प्राविधिक माविसँग जमीन खरीद गरिएको थियो । इञ्जिनियर न्यौपानेले हालसम्म रू. २२ करोड ६६ लाख खर्च भइसकेको बताए । सिटीहल सञ्चालन गाइडलाइन बनाएर उपमहानगरपालिकाले नै सञ्चालन र व्यवस्थापन गर्ने गरी हस्तान्तरण गरिने जानकारी दिइएको छ । धनगढी–८ का वडाध्यक्ष नारायणप्रसाद बरालले ठेक्कामार्फत सिटीहल सञ्चालन गरिने बताए । कार्यपालिकाबाट निर्णय नभइसकेको भए पनि बोलपत्रमार्फत ठेक्का दिने विषयमा छलफल भइरहेकाले हस्तान्तरण भएर उपमहानगरपालिकामा आएपछि बोलपत्र आह्वान गरिने उनको भनाइ छ । रासस

काष्ठमण्डप पुनःनिर्माणको काम अन्तिम चरणमा

०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यकाको परिचय रहेको काष्ठमण्डप सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरेर पुनःनिर्माण भैरहेको छ । भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम ०७५ को वैशाखबाट सुरु भएको थियो ।उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भैरहेको काष्ठमण्डप पुनः निर्माणका लागि काठमाडौ महानगर पालिकाले काष्ठमण्डप पुनःनिर्माण समितिलाई चार चरणमा गरेर रु ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ ।अहिलेसम्म काष्ठमण्ड