५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि पिपुल्स पावरलाई आयोगको स्वीकृति

५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि पिपुल्स पावरलाई आयोगको स्वीकृति

सम्बन्धित सामग्री

पिपुल्स पावरलाई ५० प्रतिशत हकप्रद निष्कासनका लागि आयोगको अनुमति

काठमाडौं । पिपुल्स पावर लिमिटेडलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ । आयोगले फागुन १५ गते कम्पनीलाई १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो ।  हाल कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा ५० प्रतिशत हकप्रद शेयर विक्री गर्न कम्पनीले अनुमति पाएको हो । आयोगको अनुमति पाएसँगै कम्पनीले आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेस गर्ने निर्णयसमेत गरेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिनका लागि समेत कम्पनीलाई बाटो खुला भएको छ । जलविद्युत् कम्पनीहरूले हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपूर्व अनिवार्य आयोगको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

नेप्सेमा सामान्य करेक्सन, करीब ५ अर्बको शेयर किनबेच

काठमाडौं ।  नेप्से परिसूचक बुधवार सामान्य अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक ९ दशमलव शून्य १ अंकले घटेर २ हजार १७३ दशमलव १० विन्दुमा कायम भयो ।  यस दिन कारोबारमा आएका २४८ धितोपत्रको १ करोड ३३ लाख ४ हजार १४० कित्ता ६९ हजार ६३७ पटकमा रू. ४ अर्ब ९२ करोड ८७ लाख बराबरको शेयर कारोबार भएको छ । पछिल्लो समय बजार केही बढ्ने बित्तिकै प्रोफिट बुक गर्नेहरू हाबी भएको देखिन्छ । सोही कारण पनि एक दिन बढेको भोलिपल्टै बजारमा सामान्य करेक्सन देखिएको छ ।  मंगलवार ३२ अंकले बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै यस दिन सामान्य करेक्सन आएको हो । यद्यपि कारोबार रकम भने बढेको छ । मंगलवार रू. ३ अर्ब ७२ करोडको शेयर कारोबार भएकोमा बुधवार झण्डै रू. ५ अर्ब बराबरको शेयर खरीदविक्री भएको छ ।  पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ भने सिडी रेशियो र अन्तर बैंक ब्याजदर घट्दो छ । यसले पनि बजारको आगामी यात्रा सकारात्मक रहने जानकाहरू बताउँछन् । आज पनि अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ । पछिल्लो समय लगानीकर्ताको आकर्षण कम पूँजी भएका कम्पनीहरूमा रहेकाले जलविद्युत् कम्पनीको शेयर मूल्य उच्च दरमा वृद्धि भएको देखिन्छ ।  बुधवार पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३२६ दशमलव ७० कायम भएको छ । त्यस्तै बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएको छ ।  बुधवार सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयर मूल्य ७ दशमलव ८९ प्रतिशत घटेर प्रतिकित्ता रू. ४ हजार ४९५ मा कायम भएको छ । त्यस्तै दोस्रोमा सिंगटी हाइड्रो इनर्जीको शेयर मूल्य ६ दशमलव ९२ प्रतिशत घटेर रू. ३७१ दशमलव २० कायम भएको छ ।  यस दिन रिडी पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री रू. ३५ करोड ७८ लाख बराबर भएको छ । कम्पनीले ४० प्रतिशत बोनस शेयर वितरणपछि कायम चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो । त्यस्तै अपि पावर कम्पनीको रू. १९ करोड ७६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये विकास बैंक समूहको शून्य दशमलव ४६ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशमलव ८४ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव २१ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूहको परिसूचक ७ दशमलव शून्य ९ प्रतिशत घटेको छ ।