डाबर नेपाल, तालकोल्ला र इसिमोडबीच सम्झौता

डाबर नेपाल, इसिमोड र तालकोल्लाबीच त्रिपक्षिय सम्झौता भएको छ ।इसिमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो, डाबार नेपालका नेपाल म्यानेजर हरकीरत सिंह बेदी र तालकोल्लाका प्रतिनिधिबीच सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतसँगै बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परीणाम हासिल गर्ने बताइएको छ ।सम्झौताअन्तर्गत डाबर नेपालले डिभिजन वन […]

सम्बन्धित सामग्री

बैतडीमा टिमुर खेतीबारे इसिमोड, डाबर नेपाल र तालकोल्लाबीच साझेदारी

काठमाडौँ – बैतडीमा टिमुर खेती सम्बन्धमा इसिमोड, डाबर नेपाल प्रालि र तालकोल्ला सामुदायिक वन उपभोक्ता समूहबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा इसिमोडका प्रवन्ध निर्देशक पेमा ग्याम्त्सो, डाबर (नेपाल र म्यानमार) का बिजिनेस प्रमुख हरकीरतसिंह बेदीले हस्ताक्षर गरेका छन्। इसिमोडका रणनीतिक सहयोग निर्देशक बसन्तराज श्रेष्ठ र डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द रानाको उक्त अवसरमा […]

संरक्षण र दिगो विकासको लागि सार्वजनिक–निजी–सामुदायिक साझेदारी

काठमाडौं । ईसीमोड, डाबर नेपाल र तालकोल्ला सीएफयूजीबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । ईसीमोडका प्रबन्ध निर्देशक पेमाग्याम्त्सो र डाबर (नेपाल र म्यानमार)का बिजिनेस प्रमुख हरकीरत सिंह बेदीले सम्झौतापत्रमा हस्ताक्षर गरे । नेपालको बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परिणाम हासिल गर्नु उद्देश्य...

दिगो विकासको लागि सार्वजनिक–निजी–सामुदायिक साझेदारी

काठमाडौँ- वन पौदावारको संरक्षण गर्दै उत्पादकत्व बढाउने उद्देश्यले बैतडीमा टिमूर खेती गरिने भएको छ । यसका लागि इसीमोड, डाबर नेपाल र तालकोल्लाबीच त्रिपक्षीय समझदारी भएको छ । भौगोलिक र हावापानीका हिसाबले बैतडीमा टिमुर खेतीको सम्भावना राम्रो भएकाले उक्त परियोजना शुरू गर्न लागिएको हो । तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह (CFUG), डाबर नेपाल प्रा. लि. र […]

बैतडीमा टिमुर रोपनका लागि डाबर, ईसीमोड र तालकोल्ला बीच सम्झौता

मंसिर १६, काठमाडौं । डाबर नेपाल प्रालि, ईसीमोड र तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह बीच टिमुरको बिरुवा रोपन कार्यका लागि बिहीवार सम्झौतामा हस्ताक्षर भएको छ ।  नेपाल तथा म्यानमारका लागि डाबरका बिजनेश प्रमुख हरकीरत सिंह बेदी, ईसीमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्त्सोले सम्झौतमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा ईसीमोडका रणनीतिक सहयोग निर्देशक बसन्त राज श्रेष्ठ, डावर नेपालका मेडिसिनल प्लान्ट प्रमुख अरविन्द राना पनि उपस्थित रहेका थिए ।  बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परिणाम हासिल गर्नु रहेको छ ।  भौगोलिक र हावापानीका हिसाबले बैतडी जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना छ । यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह, डाबर नेपाल प्रालि र ईसीमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षको अवधिमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्नेछ ।  सार्वजनिक–निजी–सामुदायिक साझेदारीले इकोसिस्टम पुनस्र्थापना, जीविकोपार्जनका विकल्पहरुलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्ने बताइएको छ ।