काठमाडौं : मनकामना केबलकार ६ दिनका लागि बन्द हुने भएको छ। केबलकारको स्तरोन्नती गर्नुपर्ने, बुल ह्वेल ब्यारीङ नयाँ फेर्नुका साथै अन्य मर्मत सम्भार गर्नु पर्ने भएकोले बन्द गर्न लागेको मनकामना दर्शन प्रालिले जनाएको छ। चैत २५ बुधबार गतेदेखि ३० गते सोमबार सम्म बन्द हुने भएको हो। ३१ गते पुनः सुचारु हुने भएको छ। मर्मत सम्भारको लागि अष्ट्रियाबाट प्राविधिकहरू आउने भएका छन्।'यात्रु महानुभाव तथा श्रद्धालु भक्तजनहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौं,' सूचनामा लेखिएको