अतिक्रमित सार्वजनिक जग्गा खाली गराएर 'चिल्ड्रेन पार्क' र 'ओपन जिम क्लब' बनाउँदै ठाकुरबाबा नगरपालिका

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकाले नगरभित्र अतिक्रमित सरकारी तथा ऐलानी (सार्वजनिक) जग्गा खाली गराउने अभियान सुरु गरेको छ । वर्षाैँदेखि सरकारी तथा ऐलानी जग्गा अतिक्रमण गरी बनाइएका संरचना नगरपालिकाले हटाउन सुरु गरिएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले जानकारी दिनुभयो ।  ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरिगाउँ बजार क्षेत्रको १७ कट्ठा अतिक्रमित सार्वजनिक जग्गा खाली गराएर चिल्ड्रेन पार्क र ओपन जिम क्लब बनाउन थालिएको मेयर लम्सालले बताउनुभयो । अतिक्रमित सार्वजनिक जग्गालाई नगरपालिकाले आफ्नो मात...