अक्सिजन प्लान्ट स्थापना गर्न देउवापत्नीले गरिन् १० लाख सहयोग

नेपाली काँग्रेसकी नेत्री तथा सभापति शेरबहादुर देउवा पत्नी  डा आरजु देउवाले धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषका लागि रु १० लाख आर्थिक सहयोग गरेकी छन् ।  अक्सिजन प्लान्ट स्थापना र सिलिण्डरका लागि स्थापित कोषमा  देउवाले उक्त रकम सहयोग गरेकी हुन् ।  गत वैशाख ३० गते नगर प्रमुख तथा नगरस्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडका अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि कोष स्थापना गरेको थियो ।