निक्षेपको ब्याजदर बढाउने निर्णय स्थगन गर्न महासंघको आग्रह, 'उद्योगी व्यवसायी सडकमा आउँछन्'

  माघ २८, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले निक्षेपमा ब्याजदर बढाउने निर्णय स्थगन गर्न माग गरेको छ । कोभिडका कारण साना ठूला सवै प्रकारका उद्योग व्यवसाय अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा निक्षेपको ब्याजदर बढाउनु उपयुक्त नभएको महासंघको भनाई छ । ‘एकातिर उद्योग व्यवसाय कोभिड पूर्वको अवस्थामा सञ्चालन हुन सकेका छैनन भने अर्कोतिर उत्पादित वस्तुहरुको विक्री वितरणबाट उठनु पर्ने रकम समेत बजारबाट उठन सकिरहेको अवस्था छैन ।’ महासंघद्वरा जारी विज्ञप्तीमा भनिएको छ, ‘बैंकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भइरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको छ ।’   बैकिङ क्षेत्रबाट विगतमा भएका सकारात्मक पहलको निजी क्षेत्रले सदैव स्वागत गरेकै हो । तर अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याज दर पुन बढेमा यो क्षेत्र थप धरासायी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सृजना हुने हो कि भन्नेमा अहिले निजी क्षेत्रको चिन्तित रहेको महासंघको भनाई छ । ‘हरेक त्रैमासमा निक्षेपमा व्याज दर वृद्धि हुदै जाने प्रथा कायम हुने हो भने मुलुकभित्र उद्योग व्यवसाय गर्न सम्भव छैन भन्ने हाम्रो ठहर छ । यसरी व्याज दरमा अस्थिरता कायम रहँदा मुलुकमा व्यवसायिक लागत प्रक्षेपण गर्न सक्ने अवस्था समेत नहुने हाम्रो बुझाई छ ।’ विज्ञप्तीमा अगाडी भनिएको छ, ‘विगतका अनुभव समेतलाई हेर्ने हो भने पनि ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुनेमा हाम्रो वलियो विश्वास छ । व्याजदर वृद्धि लगायतका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दवावमा पर्दा यसको प्रत्यक्ष असर मुलुकको उत्पादन र अर्थतन्त्रमा पर्दछ ।’  व्यापार घाटाको दायरा निकै बढीरहेको अवस्थामा, पछिल्लो पटक निक्षेपमा व्याजदर वृद्धिको निर्णयबाट कर्जाको व्याज दर वृद्धि हुन गई उद्योग व्यवसाय थप सिथिल हुने र त्यसले आन्तरिक उत्पादननै ठप्प हुन जाने अवस्था आउनेतर्फ महासंघले सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।   यसर्थ अनपेक्षितरुपमा गरिएको निक्षेपमा व्याजदर वृद्धिको निर्णयले आधार दर वृद्धि हुन गई ऋणको ब्याज दरमा समेत वृद्धि हुने आशंका गर्ने ठाउं पर्याप्त देखिएकाले तत्काल उक्त निर्णय स्थगन गर्न महासंघले  राष्ट्र बैंक समक्ष गम्भीर आग्रह गरेको छ । साथै थलिएका उद्योग व्यवसायहरुलाई सु-सञचालन गर्ने वातावरण बनाउन सरकार, राष्ट्र बैंक र बैकिङ क्षेत्रसँग आग्रह गर्दै यसका लागि निरन्तर सम्वाद र सहकार्यमा रहन नेपाल उद्योग वाणिज्य महासंघले सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गरेको छ ।   

सम्बन्धित सामग्री

प्रदर्शनी तथा राष्ट्रिय भेला स्थगित

काठमाडौँ, २८ मङ्सिर: नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुसमा काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगन भएको छ ।पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनीका साथै भेला उद्यमी सुवर्णकुमार श्रेष्ठको निधन भएका कारण स्थगन गरिएको सङ्घले जनाएको छ । सङ्घका संयोजक […]

राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगित

काठमाडौँ – नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुसमा काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगित भएको छ । पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनीका साथै भेला उद्यमी सुवर्णकुमार श्रेष्ठको निधन भएका कारण स्थगन गरिएको सङ्घले जनाएको छ । सङ्घका संयोजक […]