कर्णालीमा सात जिल्लाको भागबण्डा टुङ्गियो

कर्णालीमा सत्ता गठबन्धनको बैठकले भागबण्डा करिब–करिब अन्तिम टुङ्गोमा पुगेको छ । अहिलेसम्म कर्णालीका सात जिल्लाको भागबण्डा मिलिसकेको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष विमला केसीले रातोपाटीलाई जानकारी दिइन् । उनका अनुसार हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा जिल्लाको पालिकाको बाँडफाँटमा कुरा मिलिसकेको हो। ‘सुर्खेत, कालिकोट र रुकुम पश्चिमको बाँकी रहेको छ,’अध्यक्ष केसीले भनिन्, ‘अहिले पनि बैठक जारी नै छ । हामी बिहानसम्म अन्तिम टुङ्गो लगाउने र आ