एमसीसी संसदबाट पारित गर्न सकिन्न, यो नै माओवादीको निर्णय हो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगको एमसीसी सम्झौता यथास्थितिमा संसदबाट पारित गर्न नसकिने बताएका छन् । एमसीसीबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विरोधाभाष देखिएका बेला नेता श्रेष्ठले यथास्थितिमा एमसीसी पारित नगर्ने माओवादीको आधिकारिक धारणा र निर्णय रहेको बताएका छन् । श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘नेपालको राष्ट्रिय सार्वभौमिकता ,स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरू नसच्याई यथास्थितिमा एमसीसी परियोजना नेपालले स्वीकार गर्...