काठमाडौं– आगामी आर्थिक वर्षमा मुद्रास्फिति ५ प्रतिशतमा कायम राख्ने मौद्रिक नीतिले लक्ष्य राखेको छ । शुक्रबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति जारी गर्दै गभर्नर डा. विश्वनाथ पाण्डेले सो बताएका हुन् । साथै उनले आगामी आर्थिक वर्षमा मुद्रा प्रदाय वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रमा जाने पुँजी १२ प्रतिशत वृद्धि हुने लक्ष्य राखिएको बताए ।
मौद्रिक नीतिले विदेशी विनिमय व्यवस्थापन, वित्तीय क्षेत्र सुधार एवं नियमन, भुक्तानी प्रणाली, लघुवित्त, वित्तीय पहुँच एवं ग्राहक संरक्षण र सम्पत्ति शुद्धीकरण निवारण कार्यक्रम समावेश गरिएको बताएका छन्।
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले २० वर्ष पुग्नासाथ बिहे गर्न र ३० वर्षभित्र तीनवटा सन्तान जन्माउन युवाहरुलाई सुझाव दिएका छन् । विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘२० वर्षपछि बिहे गर्ने उमेर खोल्दिया छ सरकारले…. […]
काठमाडौं– विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतिहासिक धरहराबाट चार करोड ८३ लाखभन्दा बढी राजस्व संकलन गरिएको छ । गत मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा चार करोड ८३ लाख ६५ हजार ५०० राजस्व संकलन भएको अन्तरिम धरहरा सञ्चालन तथा व्यवस्थापन एकाइ सुन्धाराका प्रमुख […]
काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा एउटा मोटरसाइकल अनियन्त्रित भएर स्कुटरमा ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ । चन्दागिरि नगरपालिका-१५ तीनथानास्थित सडकमा आज बिहान बा ८५प ४८२२ नंको मोटरसाइकल बा प्र ०२-०४२ प ९८२२ नंको स्कुटरमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही नगरपालिका–४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकाल […]