‘लाल समुन्द्रा बहुप्रतिभाशाली सांगीतिक सम्मान’ बाट महजोडी सम्मानित

महजोडी अर्थात मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य ‘लाल समुन्द्रा बहुप्रतिभाशाली सांगीतिक सम्मान तथा पुरस्कार’ बाट सम्मानित भएका छन् । सम्मानमा २५ हजार नगद समेत रहेको छ ।नेपाल सांगीतिक संघले विश्व संगीत दिवसको अवसर मंगलबार आयोजना गरेको कार्यक्रममा महलाई उक्त सम्मान सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले दिए ।कार्यक्रममा अमर स्रष्टा ‘शिवशंकर मानन्धर राष्ट्रिय सांगीतिक सम्मान तथा पुरस्कार’ बाट वरिष्ठ कला साधक मुरली धर, ‘अमर स्रष्टा पुष्प नेपाली राष्ट्रिय सांगीतिक युवा