डब्ल्युटिओको व्यापार समिति अध्यक्षमा नेपाल निर्वाचित

काठमाडौँ : विश्व व्यापार सङ्गठनको आजको परिषद् बैठकले नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदीलाई सङ्गठनको ‘व्यापार तथा विकास’ समितिको अध्यक्षमा एक वर्षका लागि निर्विरोध निर्वाचित गरेको छ। परिषद्का अध्यक्ष अथालिहा लेसिबा मोलोकोमेले गर्नुभएको प्रस्तावमा विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए। नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भएपछि उक्त सङ्गठनको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित भएको  हो।नेपाल विश्व व्यापार सङ्गठनको सदस्य भएको २० औँ वर्ष मना