अर्थमन्त्रीको राजीनामा माग्दै एमालेले फेरि रोक्यो संसद्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि संसद् अवरुद्ध गर्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न माग राखी एमालेले आज बिहीबारको संसद अवरोध गरेको हो।एमाले सांसद भानुभक्त ढकालले संसद्‌मा आफ्नो दलको धारणा राख्‍दै पार्टीले अहिलेका अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिनेसमेत बताए।यसअघिका बैठकमा पनि एमालेले संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेको थियो।तर अर्थमन्त्री शर्माले भने बजेट निर्माणम