गण्डक ब्यारेजमा पानीको सतह बढ्यो

गत बिहीबारदेखि लगातार पानी परेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको सतह बढेको छ । शनिबार बिहान साढे ७ बजे त्रिवेणीस्थित जलमापन केन्द्रले दिएको सूचनाअनुसार पानीको सतह करिब १० मिटरको लेभलमा पुगेको छ । त्यहाँ पानीको सतह ११ मिटर पुगेपछि खतराको तह भन्ने बुझिन्छ ।