पश्चिमाञ्चल अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि डेढ करोड संकलन

जेठ ७, कास्की । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि विभिन्न संस्था तथा व्यक्तिबाट रू. एक करोड ५१ लाख सात हजार ६४० सहयोग संकलन भएको छ ।  प्लान्ट स्थापनाका लागि ‘रू. १०० दान गरौँ, महामारीमा प्राण राखौँ’ भन्ने नाराका साथ आर्थिक संकलन महाअभियान सञ्चालन गरिएको थियो । पोखराको अग्रणी व्यापारिक घराना बतास अर्गनाइनेशनको सक्रियतामा शुरु गरिएको अक्सिजन प्लान्ट स्थापना अभियानमा हालसम्म रू. तीन करोड ३३ लाख ६९ हजार ५१ सहयोगको प्रतिबद्धता प्राप्त भएको अर्गनाइजेशनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए ।  नयाँ भेरिएन्टसहितको कोरोना भाइरस संक्रमणको फैलावट बढ्दै जाँदा अस्पतालमा उपचाररत बिरामीलाई अक्सिजनको सहायता आवश्यक परेको र अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नहुँदा बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता अन्त्य गर्नका लागि निजी क्षेत्रको अग्रसरतामा अभियान शुरु गरिएको थियो । कोरोनाका बिरामीका लागि ५० शय्या छुट्याएको अस्पतालको आफ्नै प्लान्ट नहुँदा निजी कम्पनीबाट अक्सिजन आपूर्ति हुँदै आएको छ । अक्सिजन प्लान्ट स्थापना गर्नका लागि बतास फाउण्डेशनका अध्यक्ष बतासको अध्यक्षतामा अक्सिजन प्लान्ट निर्माण समितिसमेत गठन गरिएको छ । सो समितिको संरक्षकमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी रहेका छन् । कोषाध्यक्षमा अटोेवेज प्रालिका अध्यक्ष नारायण पौडेल छन् । यसैगरी सदस्यमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विश्वशंकर पालिखे, एभरेष्ट एफएमका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, सुपरमादी हाइड्रो प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगाना र सेलवेज डिपार्टमेन्टल स्टोर्स प्रालिका अध्यक्ष सुशीलमान प्रधानांग हुनुहुन्छ ।  अक्सिजन प्लान्ट स्थापनाका लागि कम्पनी (भेण्डर) छनोट गर्ने एवम् निर्धारित समयमा द्रुतमार्गबाट स्थापना गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरणलगायतका काम पारदर्शीरूपमा गर्ने प्रतिबद्धता जनाउँदै नागरिकको जीवन बचाउने अभियानमा सहभागी हुन समितिले अपिल गरेको छ । रु पाँच करोड लागतमा निर्माण गर्न लागिएको अक्सिजन प्लान्ट गण्डकी प्रदेशकै सबैभन्दा ठूलो प्लान्ट हुने र यसबाट दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको हुने अध्यक्ष बतासले जानकारी दिए । प्लान्ट स्थापनाका लागि ग्लोबल आइएमई बैंकको खाता नं ६५०१००००४७७ मा रु १०० देखि आफूले चाहेजति पैसा जम्मा गर्न सकिने जानकारी दिइएको छ । रासस

सम्बन्धित सामग्री

वीरेन्द्रनगरमा ठूलो क्षमताको अक्सिजन प्लान्ट

वीरेन्द्रनगरस्थित कटकुवा नगर अस्पतालमा ठूलो क्षमताको अक्सिजन प्लान्ट जडान भई उत्पादन सुरु गरिएको छ । करिब रु डेढ करोड लागतमा मेडिकल अक्सिजन प्लान्ट निर्माण गरी उत्पादन परीक्षण सफल भएको अस्पतालले जनाएको छ ।दोस्रो चरणको कोरोना महामारी उत्कर्षमा पुगेका बेला वीरेन्द्रनगर नगरपालिकाले चौधरी ग्रुपसँगको सहकार्यमा प्लान्ट स्थापनाको काम थालेको थियो । “प्लान्ट नियमित सञ्चालनका लागि तयारी अवस्थामा राखिएको छ, अब सुर्खेतमा अक्सिजनको अभाव हुने अवस्था आउने छैन”, नगरपालिकाका जनस्वास्थ्य शाखा निर

अर्घाखाँचीमा अक्सिजन प्लान्ट सञ्चालन, गुल्मीमा निर्माणाधीन

बुधबारदेखि जिल्ला अस्पताल अर्घाखाँचीले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । असारको दोश्रो हप्ताबाट टेण्डर प्रक्रियामा गई डेढ महिना मै प्लान्ट स्थापना गरिएको सो अस्पतालका मेसु डाक्टर कपिल गौतमले जानकारी दिए ।संघीय सरकारबाट विनियोजित डेढ करोड रकममध्येबाट प्रविधि इन्टरनेशनल कम्पनीले ८४ लाखमा प्लान्ट निर्माण सम्पन्न गरेको डाक्टर गौतमले बताए । ‘हामीलाई प्रतिदिन २५ देखि ३० सिलिन्डर अक्सिजन आवश्यक पर्दछ’ उनले भने– ‘अहिले सञ्चालनमा आएको प्लान्टबाट प्रतिदिन ७० सिलिन्डर अक्सिजन उत

उद्योगीको सहयोगमा डेढ करोडको अक्सिजन प्लान्ट

हेटौंडा अस्पतालमा झन्डै डेढ करोड रुपैयाँको लागतमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । बुधबारदेखि परीक्षण उत्पादनसमेत थालिएको छ ।

भवन भट्टले जापानबाट जुटाए नेपालका लागि डेढ करोड सहयोग रकम

गैरआवासीय नेपाली संघ एनआरएनए निवर्तमान अध्यक्ष भवन भट्टले जापानबाट करिव डेढ करोड रकम बराबरको सहयोग रकम नेपालमा हस्तान्तरण गर्ने तयारी गर्नुभएको छ । भट्टको संयोजकत्वमा जापानमा बनेको ‘मातृभूमिका लागि कोभिड–१९ संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ले नेपालमा १ करोड ५० लाखसम्मको अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने तयारी गरेको हो । जापानका लागि नेपाली …

बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड

काठमाडौं।सरकाले बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड रुपैयाँ दिएको छ।उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दियाका अध्यक्ष अंगद श्रेष्ठले बताए।मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने उनले जनाए। बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएकाले थप गर्न पहल गरिरहेको उनले जनाए।दोस्रो लहरको कोरोना महामारीमा संघीय सरकारले देशभरीका १२ अस्पताललाई १६ करोड ८० लाख विनियोजन गरेको छ।

स्याङ्जामा अक्सिजन प्लान्ट बनाउन डेढ करोड विनियोजन

काठमाडौं। स्याङजामा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड बजेट विनियोजन भएको छ। अर्थमन्त्रालयले स्याङजा अस्पतालमा अक्सिजन प्लान्ट बनाउन एक करोड ५० लाख रुपैयाँ छुट्याएको हो। अन्य जिल्ला जस्तै स्याङजा पनि कोभिडको अत्याधिक मारमा परेपछि सरकारले प्लान्ट बनाउन भन्दै बजेट विनियोजन गरेको हो।

अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड बजेट विनियोजन

जेठ ५, बर्दिया । बर्दिया जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि संघीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले रू. डेढ करोड विनियोजन गरेका छ । उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दिया, गुलरियाका अध्यक्ष अंगद श्रेष्ठले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने बताए । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएको हुँदा थप पहल गरिइरहेको राज्यमन्त्री विकले जानकारी दिए । दोस्रो लहरको कोरोना महामारीमा संघीय सरकारले देशभरिका १२ अस्पताललाई रू. १६ करोड ८० लाख विनियोजन गरेको छ । ती अस्पतालमध्ये बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको हो । रासस

अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड

बाँके । बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग तथा वाणिज्य आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड विनियोजन गरेका छन् । उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पतालका बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताए । उनले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गर्ने बताए । बर्दियामा […]

डोटी अस्पतालमा अक्सिजन प्लान्टका लागि डेढ करोड विनियोजन

काठमाडौँ / वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितलाई अक्सिजन अभावमा समस्या उत्पन्न

स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गर्न डेढ करोड विनियोजन

काठमाडौं : स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गर्न अर्थ मन्त्रालयबाट डेढ करोड विनियोजन भएको छ। कोभिड-१९ को दोस्रो लहरका कारण स्याङ्जा जिल्ला पनि कोभिडको अत्यधिक मारमा परेपछि अक्सिजन प्लान्टको सुनिश्चितताका लागि कृषिमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालय तथा आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग पहल गरेकी थिइन्।सोहीअनुसार अर्थ मन्त्रालयले स्याङ्जा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका निम्ति मंगलबार १ करोड ५० लाख रकम विनियोजन गरेको हो। कोरोना महामारीले सबैतिर प्रभावित गरिर