मान्म- कालीकोटको नरहरिनाथ गाउँपालिका-१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरुवात गरिएको छ। कालोपत्रको काम आगामी माघ मसान्तमा सक्ने लक्ष्य राखिएको छ। सो विमानस्थल विसं २०४२ बाट निर्माण गर्न थालिएको थियो। आगामी माघ मसान्तभित्र धावनमार्ग कालोपत्रको काम सक्ने लक्ष्य राखिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए। ‘३७ वर्ष पुरानो विमानस्थलको टावर, भवन निर्माण भएपछि […]