हुवासिन सिमेन्टद्वारा परीक्षण उत्पादन शुरु

काठमाडौँ । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिवारदेखि परीक्षण उत्पादनको कार्यक्रम सम्पन्न गरेको छ। परीक्षण उत्पादनका लागि हुवासिन सिमेन्टका चिनियाँ प्रतिनिधिसहित यहाँ स्थित चिनियाँ दूतावास तथा प्रतिनिधिको सहभागिता थियो। उद्योग स्थल धादिङको बेनीघाट रोराङ गाउँपालिकाको ताल्तीमा आयोजित एक कार्यक्रममा विशेष समारोहको आयोजना गरी परीक्षण उत्पादनको प्रारम्भ गरिएको हो। हुवासिनका उच्च अधिकारी भने भिडियो […]