एमाले-जसपा गठबन्धनबाट रुपन्देही-३ मा राप्रपाका दीपक बोहरा उम्मेदवार

रुपन्देही क्षेत्र नं ३ बाट राप्रपा बरिष्ठ नेता दीपक बोहराले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमाले र जसपासँगको सर्मथनमा बोहोराले उमेदवारी दर्ता गराएका हुन्। रुपन्देही क्षेत्रनं ३ को क बाट प्रदेश...

सम्बन्धित सामग्री

गृहमन्त्री बालकृष्ण खाँणलाई हराउँदै रुपन्देही–३ मा राप्रपाका बोहरा निर्वाचित

मङ्सिर ४ गते सम्पन्न रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा निर्वाचनमा बिजयी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बरिष्ठ नेता दीपक बोहरा निर्वाचन अवधिभरि चुनावी अभियानका क्रममा मौन जस्तै रहनुभयो । ‘पोस्ट कोभिड’ समस्याका कारण भ्वाइस रेष्टमा रहनु परेकाले बोहरा जनताका बीचमा पुगेर सम्बोधन गरेर आफ्ना ऐजेण्डा राख्न नपाएपनि निर्वाचनमा भने जित हासिल गर्नुभएको छ । उहाँले […]

रुपन्देही ३ मा राप्रपाका दीपक बोहरा विजयी

काठमाडौं। प्रतिनिधिसमा निर्वाचनअन्तर्गत रुपन्देही ३ मा राप्रपाका नेता दीपक बोहरा विजयी भएका छन् । कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणलाई बोहोराले २५ सयभन्दा बढी मतले पराजित गरेका हुन् । अन्तिम मत परिणामअनुसार दिपक बोहराले ३६ हवार ६ सय ४८ मत पाएका छन् भने खाणले ३४ हजार ६ मत पाएका छन् । बोहरा २६ सय ४२ […]

गृहमन्त्री खाणलाई हराउँदै रुपन्देही ३ मा राप्रपाका बाेहरा विजयी

काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा विजयी हुनुभएको छ । विजयी राप्रपाका बोहराले ३६ हजार ७ सय १७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेस नेता एवम् गृहन्त्री खाणले ३४ हजार ३६ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा बालकृष्ण खाण सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ भने बोहरा एमाले, राप्रपा र जसपाको तर्फबाट उम्मेदवार बन्नुभएको हो ।

गृहमन्त्री खाणलाई पराजित गर्दै रुपन्देही ३ मा राप्रपाका दीपक बोहरा निर्वाचित

बुटवल : बहालवाला गृहमन्त्री बालकृष्ण खाणको संसदमा इन्ट्री हुने बाटो बन्द भएको छ। रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरा विजयी भएसँगै कांग्रेस नेता खाणको संसद् यात्रा टुंगिएको हो। खाणलाई बोहराले २ हजार ६४२ मतान्तरले पराजित गरेका हुन्। बोहराले ३६ हजार ६४८ मत…

दीपक बोहरा जसले बोल्दै नबोली चुनाव जिते

सामान्यतया निर्वाचनमा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्नो लागि मत माग्ने गर्दछन् । तर आम निर्वाचन २०७९ मा एक जना यस्ता उम्मेदवार छन्, जो बोल्दै नबोली विजयी भएका छन् । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपाका दीपक बोहरा चुनाव प्रचार प्रसारभर ‘भ्वाइस रेस्ट’ मा थिए । उनी अहिले पनि बोल्दैनन् ।घरदैलोका क्रममा मतदातासँग साक्षात्कार गरे पनि बोहराले कसैसँग दोहोरो कुराकानी गरेनन् । उनले इशाराले नै मत मागे । उनको चुनावी सभामा निरञ्जन थापा, राप्रपा

गृहमन्त्री खाणविरुद्ध राप्रपाका बोहोरा जितनजिक

रुपन्देही ३ मा कांग्रेस नेता तथा  गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राप्रपाका दीपक बोहरा जितनजिक पुगेका छन्।  बोहोरा २६ सय ४२ मताले अघि छन्। निर्वाचन कार्यालयले भने यसको आधिकारिक घोषणा गर्न बाँकी...

रुपन्देही-३ मा बालकृष्ण खाणलाई पछ्याउँदै दीपक बोहरा

रुपन्देही ।  रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण अगाडि रहेका छन् । ९ हजार १४० मत गणना हुँदा खाणले ३ हजार ४१९ मत पाएका छन्  । उनलाई राप्रपाका दिपक बोहरा ३ हजार ३७० मतसहित पछ्याइरहेका छन् ।  रुपन्देही ३ मा मायादेवी वडा नम्बर ७, ८ तथा तिलोत्तमा १४ को मतगणना […]

रुपन्देही–३ मा एमाले–राप्रपा–जसपाको १३० बुँदे प्रतिवद्धता

१८ कात्तिक, रुपन्देही । रुपन्देही–३ को प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रका लागि नेकपा एमाले, राप्रपा र जसपाको गठबन्धनले १३० बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । यहाँ प्रतिनिधिसभामा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा र प्रदेशसभामा जसपाका महेन्द्र यादव र एमालेका तुलसीप्रसाद चौधरी उम्मेदवार छन् । प्रतितवद्धता पत्रमा बेलहिया नाकालाई व्यवस्थित गर्न एकीकृत भन्सार जाँच […]

राप्रपामा नेतृत्व परिवर्तन : पदाधिकारीमै अल्पमतमा परे लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा कमल थापाजस्तो हस्तीलाई हराउँदै राजेन्द्र लिङ्देन विजयी बनेका छन् । तर, पदाधिकारीमै अध्यक्ष लिङ्देन अल्पमतमा परेका छन् । केन्द्रीय समितिमा पनि कमल थापा पक्षको बलियो उपस्थिति देखिएको छ ।राजेन्द्र लिङ्देनलाई अध्यक्षमा हराउन राप्रपाका हस्तीहरू कमल थापा, पशुपति शमशेर जबरा, दीपक बोहरा, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र जयन्त चन्दसमेत एकजुट भएर लागेका थिए । तर, लिङ्देनले सबैको घेरा तोड्दै जित हात पारे ।तर, पार्टीभित्रको समीकरण हेर्दा अध्यक्ष लिङ्देनलाई अघ