कूटनीतिक माध्यमबाटै सीमा समस्या समाधान गरिने

छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाएको छ ।

सम्बन्धित सामग्री

कूटनीतिक ढंगबाट सीमा समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, १३ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमाको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको प्रष्ट पारे। थाती रहेको समस्यालाई नक्सा, प्रमाणको आधारमा कूटनीतिक ढंगबाट समाधान गर्न सरकार दृढ रहेको उनको भनाइ थियो। प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए।

कञ्चनपुरको सीमा समस्या समाधान गर्न परराष्ट्रमन्त्रीलाई आग्रह

८ साउन, काठमाडौं । कञ्चनपुरबाट आएको नेपाली कांग्रेसको एक प्रतिनिधिमण्डलले नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न परराष्ट्र मन्त्री डा. नारायण खडकासँग आग्रह गरेको छ । कञ्चनपुरका सीमा क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराउन नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको टोली आइतबार परराष्ट्रमन्त्री खड्काला भेट्न पुगेको थियो । उनीहरुले कन्चनपुर जिल्लाको सीमा क्षेत्रमा […]

सीमा समस्या समाधान गर्न माेदीलाई देउवाकाे आग्रह

काठमाण्डाै – भारत भ्रमणका रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएको छ । नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसमा भेटवार्तापछि दुवै प्रधानमन्त्रीद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले सीमा विवाद समाधान गर्न मोदीलाई आग्रह गरेको जानकारी दिनुभयो । उहाँले दुई देशबीच रहेका सीमा विवादकाे विषय स्थापित संयन्त्रबाट समाधान गर्नुपर्ने बताउनुभयो । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा जारी गरेपछि नेपाली...

लिपुलेक लगायतका सीमा समस्या समाधान गर्ने सरकारको घोषणा

सरकारले सीमा समस्या कूटनीतिक माध्यममार्फत समाधान गर्ने घोषणा गरेको छ । आइतबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले यस्तो बताएका हुन् । उनले भने, ‘लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका छिमेकी मुलुकहरूसँगको समाधान हुन बाँकी सीमा समस्याहरु कूटनीतिक माध्यममार्फत समाधान गर्ने । सीमा क्षेत्रमा सुरक्षाका लागि सीमा चौकी बीओपीहरु वृद्धि गर्ने ।’उनले राष्ट्रिय सुरक्षा नीति देश र जनताको हित हुनेगरी आवश्यक परिमार्जन गरिने बताए ।

सीमा समस्या समाधान प्रदेशले गर्न सक्दैन : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने बताउनुभएको छ । बेलौरी नगरपालिकामा शनिबार आयोजित छलफल कार्यक्रममा उहाँले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताउनुभयो । “अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन । समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै आएको …

नमूना युवा संसद् : सीमा समस्या समाधान गर्न माग

‘सङ्घीय नमूना युवा संसद्’मा नमूना सांसदले पनि छिमेकी मुलुकले जमीन अतिक्रमण गरेका बारे कुरा उठाएका छन् । नमूना युवा संसद्मा उनीहरुले छिमेकी मुलुकले सीमा अतिक्रमण गरिरहेको जनाउँदै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।...

नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न हालसम्म प्राप्त ऐतिहासिक तथ्य र नक्सालाई मुख्य आधार बनाउन पनि नापी विभाग नेतृत्वको नेपाल– भारत अन्तराष्ट्र...