निर्धन अर्बपतिहरू

तेह्रौं दलाई लामाको मृत्युपछि बालक छिरिङलाई बौद्ध धर्म र उनको प्रारब्ध (पूर्वजन्म) बारे अनेक प्रश्न गर्दा उनी उत्तीर्ण भए।...

सम्बन्धित सामग्री

निर्धन उत्थान लघुवित्तले पनि लाभांश वितरण नगर्ने

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस २६ गते बसेको सचालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने र सोही बमोजिमको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।  अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट भने कम्पनीले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । साथै कम्पनीले गत आर्थिक वर्षको वार्षिक साधारण सभा पुस मसान्तभित्र गर्न नसक्ने र चैत मसान्तभित्र सम्पन्न गर्ने गरी तीन महीनाका लागि समय अवधि थप गर्न अनुरोध गरेको छ ।

निर्धन उत्थान लघुवित्तमा चार जना सञ्चालक नियुक्त

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय  संस्था लिमिटेडमा चार जना सञ्चालक नियुक्त भएका छन् । फागुन १२ गते सम्पन्न कम्पनीको २४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरूको तर्फबाट दुई जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक गरी कुल चार जना सञ्चालक निर्वाचित भएका हुन् । संस्थापक तर्फबाट सञ्चालक पदमा हरिकृष्ण पन्त र देवेन्द्रबहादुर राउत रहेका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने टोपबहादुर रायमाझी र संम्रिता तिवारी निर्वाचित भएका हुन् ।

निर्धन उत्थान लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले इन्फिनिटी लघुवित्त वित्तीय संस्था र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको छ ।   यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २ गते बुक क्लोज गरेकाले आइतवार अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । फागुन १ गते सार्वजनिक बिदाका कारण आइतवार अर्थात् माघ २९ गतेसम्म कायम शेयरधनी यी दुई कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य छन् । इन्फिनिटी लघुवित्तकोे २० प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ८३१ दशमलव ६७ तोकिएको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ९९८ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो । त्यस्तै निर्धन उत्थान लघुवित्तको १९ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ८३४ दशमलव ४५ तोकिएको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ९९३ को आधारमा शेयर मूल्य समायोजन गरिएको हो ।

निर्धन उत्थान लघुवित्त पनि एनपीएसमा आबद्ध

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफ्नो भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गरेको छ । सो सम्बन्धी सम्झौतापत्रमा निर्धन उत्थान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको […]

निर्धन उत्थान लघुवित्त एनपीएसमा आबद्ध

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था भुक्तानीसम्बन्धी कारोबारका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को भुक्तानी प्रणाली नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । त्यसका लागि दुई संस्थाबीच सम्झौता गरिएको छ । सम्झौतापत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार निर्धन उत्थान लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी एनपीएस अन्तर्गतका भुक्तानी उपकरण संस्थाले प्रयोग गर्नेछ । सो प्रणालीमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायत कारोबार गर्न सकिनेछ ।

निर्धन उत्थान लघुवित्तका लगानीकर्ताले ३१ प्रतिशत लाभांश पाउने

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयर लगानीकर्ताहरूलाई ३१ प्रतिशत लाभांश दिने भएको छ ।

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा

निर्धन उत्थान लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २९.५ प्रतिशतले हुन् आउने ५० करोड २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १.५५२६ प्रतिशतले हुन आउने २ करोड ६३ लाख १७ हजार १ सय ५ रुपैयाँ नगद गरि कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६९ करोड ५० करोड रहेको छ  । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

निर्धन उत्थान लघुवित्त र स्वरोजगार लघुवित्तको बोनस शेयर सूचीकृत

असार २१, काठामाडौं । दुई ओटा कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको बोनस शेयर  सूचीकृत भएको हो । निर्धन उत्थान लघुवित्तको १९ लाख ५० हजार बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले गत फागुन २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  त्यसैगरी स्वरोजगार लघुवित्तको ४ लाख ५३ हजार ४२१ दशमलव ७७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।कम्पनीले गत फागुन २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ३९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । अव यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

निर्धन उत्थान लघुवित्तको सञ्चालकमा भट्टराई नियुक्त

असार ४, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा एभरेष्ट बैंकको तर्फबाट सन्तोष कुमार भट्टराईलाई नियुक्त गरेको छ ।  कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनीको सञ्चालकमा भट्टराईलाई नियुक्त गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको हो ।

निर्धन उत्थान लघुवित्तले १ लाख संस्थापक शेयर लिलामीमा विक्री गर्ने

काठमाडौं, ४ जेठ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । संस्थाले जेठ १३ गतेदेखि १ लाख ५ हजार ५९२ कित्ता शेयर लिलाम विक्रि गर्ने भएको हो । संस्थाको शेयरमा जेठ १३ गतेदेखि २० गतेसम्म लिलामीमा बोलपत्र पेश गर्न सकिने जनाएको छ । न्युनतम मूल्य शेयरमुल्य ५५० रुपैयाँ […]