‘भावी प्रधानमन्त्री’ का रुपमा चर्चित देउवासँग चिनियाँ र भारतीय राजदूतको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतीय राजदूत विनयमोहन क्वात्रा र चिनियाँ राजदूत होउ यान्छीले छुट्टाछुट्टै भेटघाट गरेका छन् । प्रतिनिधि सभा विघटनको निर्णय बदर भएसँगै ‘भावी प्रधानमन्त्री’ का रुपमा हेरिएका देउवासँग दुई छिमेकी मुलुकका राजदूतले गरेको भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ । स्रोतका अनुसार बिहीबार नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएलगत्तै देउवा निवास बूढानीलकण्ठमा भारतीय राजदूत क्वात्राले भेटवार्ता गरेका हुन् । त्यसको एक दिनअघि फागुन १२ गते चिनियाँ राजदूत होउ यान्छीले पनि देउवालाई उहाँकै निवासमा पुगेर भेट गरेकी हुन् । गत फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने फैसला गरेको थियो । प्रतिनिधि सभा पुनर्स्थापना भए देउवा पुनः प्रधानमन्त्री बन्ने धेरैले अड्कल काटेका छन् । विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षले देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरेको समाचार सार्वजनिक भएको थियो । फागुन १२ गते देउवा निवासमै पुगेर नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रधानमन्त्री बन्न आग्रह गरेको खबर बाहिरिएको थियो । प्रचण्ड–नेपालले भेटेलगत्तै चिनियाँ राजदूत यान्छीले देउवासँग भेटवार्ता गरेकी हुन् भने त्यसपछि भारतीइ राजदूतले पनि देउवासँग भेट गरेका छन् । यता, प्रधानमन्त्री केपी ओलीले संसद पुनर्स्थापना पछि पनि आफू नै प्रधानमन्त्रीमा निरन्तर रहने त्यसका लागि नेपाली कांग्रेससँग सत्ता साझेदार गर्ने र आफू प्रधानमन्त्रीबाट हट्नुपर्ने अवस्था आए प्रचण्ड–नेपाललाई सरकारमा जान नदिन देउवालाई नै प्रधानमन्त्री बनाउने रणनीति बनाएको प्रधानमन्त्री निकट नेताहरुको अभिव्यक्तिले पुष्टि गर्छ । संसदको अंकगणित र राजनीतिक अवस्थाका कारण देउवा नै प्रधानमन्त्री बन्ने सम्भावना देखिएको बेला देउवासँग भेटघाट बढाउन छिमेकी देशका राजदूतहरुले आफ्नो सक्रियता पनि बढाउन थालेका छन् ।

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री लामिछानेसँग भारत र कोरियाका राजदूतको भेटवार्ता

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भारतीय राजदूत नवीन श्रीवास्तव र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित गृहमन्त्रालयमा उपप्रधानमन्त्री लामिछानेसँग दुवै राजदूतले छुट्टाछुट्टै मंगलबार भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री दाहालसँग भारतीय राजदूतको भेटवार्ता, सुनाए मोदीको शुभकामना सन्देश

काठमाडौं, १५ पुष । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । सो क्रममा उनले प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश पनि वाचन गरेर सुनाएका थिए । प्रधानमन्त्री दाहालको सचिवालयले भने उक्त भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई अझै मजबुद बनाउनेबारे छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्डसँग भारतीय राजदूतको भेटवार्ता

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।राजदूत श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाई पत्र प्रधानमन्त्री दाहालसमक्ष हस्तान्तरण गरेका थिए ।भेटमा नेपाल भारत बीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो ।

प्रधानसेनापतिसँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मासँग मित्रराष्ट्र भारतका राजदूत नवीन श्रीवास्तवबीच आज जङ्गी अड्डामा भेटवार्ता गरेका छन् । उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाले यस्ता भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत […]

प्रधानमन्त्री देउवासँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि प्रधानमन्त्री देउवासँग राजदूत श्रीवास्तवले भेटवार्ता गरेका छन् । भेटमा राजदूत श्रीवास्तवले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको शुभकामना सन्देश सुनाउँदै पछिल्लो समयमा प्रधानमन्त्री देउवाबाट...

परराष्ट्रमन्त्री खड्कासँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन्।मन्त्रालयमा बुधबार भएको भेटमा उनीहरुबीच नेपाल–भारतबीचका द्विपक्षीय महत्वपूर्ण सम्बन्धबारेमा फलदायी छलफल भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा आगामी सातादेखि आपूर्ति हुने कोरोनाविरुद्धको कोभिसिल्ड खोपको विषयमा समेत छलफल भएको थियो।

परराष्ट्रमन्त्री खड्कासँग भारतीय राजदूतको भेटवार्ता

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।

परराष्ट्रमन्त्री खड्कासँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–भारतबीचका द्विपक्षीय महत्वपूर्ण सम्बन्धबारेमा फलदायी छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा आगामी सातादेखि आपूर्ति हुने कोरोनाविरुद्धको कोभिसिल्ड खोपको विषयमा समेत छलफल भएको थियो ।

परराष्ट्रमन्त्री खड्कासँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–भारतबीचका द्विपक्षीय महत्वपूर्ण सम्बन्धबारेमा फलदायी छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा आगामी सातादेखि आपूर्ति हुने कोरोनाविरुद्धको कोभिसिल्ड खोपको विषयमा समेत छलफल भएको थियो ।

भूमि व्यवस्थामन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालसँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हित र सम्बन्धका बारेमा विचार विमर्श भएको मन्त्री अर्यालको सचिवालयले जनाएको छ ।