रामेछापमा चप्पल लगाएर गाडी चलाए ट्राफिक प्रहरीले कारबाही गर्ने

रामेछाप – रामेछापमा सार्वजनिक गाडी चालकले खुट्टामा जुत्ता नलगाए ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ ।  गाडी चालकले खुट्टामा जुत्ता नलगाइ चप्पल लगाएर गाडी चलाउँदा धेरै दुर्घटना भएको निष्कर्ष निकालेर ट्राफिक प्रहरीले यो अभियान चलाउने भएको हो । चप्पल लगाएर गाडी चलाउँदा खुट्टामा आएको पसिनाले चिप्लिएर गाडीको ब्रेक नलाग्ने र ब्रेक लगाउन खोज्दा ब्रेकमा नै चप्पल अड्किने र गाडी दुर्घटना हुने भएकाले यसलाई रोक्न ट्राफिक प्रहरीले यो अभियान सुरु गर्ने भएको हो ।     जिल्ला ट्राफिक प्रहरीले मङ्गलवारदे...

सम्बन्धित सामग्री

६५८ दुईपाङग्रे सवारीका चालकलाई ट्राफिक प्रहरीले गर्यो कारबाही

काठमाडौं : ट्राफिक प्रहरीले नम्बर प्लेट स्पष्ट नराख्ने‚ नम्बर प्लेट आकाशतिर फर्काउने र ठूलो आवाज निकाल्ने दुईपाङग्रे सवारीसाधनका चालकलाई कारबाही गरेको छ।ट्राफिक प्रहरीले आज गरेको विशेष चेकिङका क्रममा नम्बर प्लेट स्पष्ट नभएका ६ सय १० वटा र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ वटा दुईपाङ्ग्रे सवारीसाधनका चालकलाई कारबाही गरेको हो। यसैगरि ठूलो आवाज निकाल्ने ७ वटा दुईपाङ्ग्रे सवारीसाधनका चालकलाई पनि कारबाही गरेको छ।विशेष चेकिङमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट

एक दिनमा ३,२३४ ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले गएको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २३४ जना चालकलाई कारबाही गरेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी २४ घण्टामा ट्राफिकले ३ हजार २३४ जना चालकलाई कारबाही गरेको हो । फुटपाथमा पार्किङ गर्ने २५५, मदिरा पिएर सवारी साधन चलाउने १३०, हर्नको अनावश्यक प्रयोग गर्ने १४७ जना, […]

अब बाइकमा मोबाइल स्ट्याण्ड राख्न नपाइने,  ट्राफिक प्रहरीले सुरु गर्यो कारबाही

उपत्यकामा ट्राफिक प्रहरीले मोटरसाइकलमा राखिएको स्ट्याण्ड हटाउन थालेको छ । प्रचलित कानुन विपरीत मोटरसाइकलको मोडिफाई हुनेगरि मोबाइल स्ट्याण्ड राखिएको भन्दै ट्राफिक प्रहरीले मोबाइल स्ट्याण्ड हटाउने अभियानको थालनी गरेको हो । यस्तो अभियानमा ट्राफिक प्रहरीले एक हजार रुपैयाँसम्म चिट काट्न थालेको छ । तर, यता यस्तो अभियानले राइडरहरु मारमा परेका छन् । लोकेसन म्यापिङको सहजताका लागि मोटरसाइकलमा राख्ने गरिएको स्ट्याण्ड हटाउँदा समस्या आएको गुनासो राइडरहरुबाट आएको छ । अझ बढी टुटल, पठाओ, जायर जस्ता राइड से

ट्राफिक प्रहरीले नयाँ प्रविधि ल्याएसँगै राजस्व सङ्कलनमा वृद्धि

ट्राफिक प्रहरीले जाँचमा नयाँ प्रविधि प्रयोगमा ल्याएपछि कारबाही र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । मधेश प्रदेशमा विगतमा जाँचमा प्रयोग गरिएको ‘हैण्डहेड राडर गन’भन्दा पछि प्रयोगमा ल्याइएको ‘सिसी टिभी बिथ राडर गन’ प्रविधिले कारबाहीमा सहजता र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले जनाएको हो । यो कार्यालयले मधेश प्रदेशको ट्राफिक व्यवस्थापन र राजमार्ग सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको छ

लेन अनुशासनलाई थप कडाइ गर्दै ट्राफिक प्रहरी

काठमाण्डौ – काठमाण्डौका सडकमा गाडी चलाउँदा लेन अनुशासन पालना नगर्ने चालकलाई ट्राफिक प्रहरीले कारबाही गर्ने क्रमलाई तीव्रता दिएको छ । दुर्घटना नियन्त्रण र ट्राफिक चाप व्यवस्थापनका लागि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले आज शुक्रवारदेखि लेन अनुशासन पालना नगर्ने चालकमाथि कडा निगरानीसँगै कारबाही अघि बढाएको हो । ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक संजिव शर्मा दासले आफ्नो लेनभन्दा बाहिर गएर जथाभाबी गाडी चलाउने चालकलाई कारबाही गरेको जानकारी दिनुभयो ।  ट्राफिक प्रहरीले लेन...

सडकमै पार्किङ: भन्दैनन् ट्राफिक प्रहरी, टेर्दैनन् चालक

सडकमै जथाभावी सवारी साधन पार्किङ गरिँदा पनि नजिकै रहेको ट्राफिक प्रहरीले न कारबाही गर्ने न त उनीहरुलाई सम्झई बुझाई गर्ने भएकाले ट्राफिक प्रहरीलाई सवारी चालकहरु टेर्नै छाडेका छन्।...

ट्राफिक प्रहरीले उठायो १९ करोड राजस्व

प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । गत आवमा सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व उठाइएको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए ।भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको पनि ट्राफिक प्रहरीले बताएको छ ।चालक तथा सर्वसाधारणलाई सवा