शनिबार थपिए तीन सय ३७ जना संक्रमित, एकजनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ३९ पुगेको छ ।