बैतडी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदानस्थलको निरीक्षण कार्यलाई तीव्रता दिइएको छ। जिल्ला सुरक्षा समितिले अति संवेदनशील मतदानस्थललाई प्राथमिकतामा राखेर अनुगमन तथा निरीक्षणको काम गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए। सुरक्षाको दृष्टिकोणले बैतडीका १२९ मतदानस्थलमध्ये ३३ वटा अतिसंवेदनशीलको सूचीमा रहेका छन्। यस्तै, २८ वटा मतदानस्थल संवेदनशील र […]