चुनावका कारण सेलायो सेबोनको कर्मचारी आन्दोलन, अर्थको प्रस्ताव लोकसेवामा थन्कियो

निर्वाचन आचारसंहिता लागू भएसँगै नेपाल धितोपत्र बोर्डका कर्मचारीहरूले पछिल्लो पाँच महिनादेखि जारी आन्दोलन यथास्थितिमा राख्न बाध्य भएका छन् । कर्मचारी संगठनका अनुसार फागुन २१ गते हुने निर्वाचनका कारण कानुनी रूपमा आन्दोलन जारी राख्न नसकिने भएपछि हाललाई विरोध कार्यक्रम स्थगित गरिएको हो । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरू सेवा–सुविधा कटौतीको विरोधमा असोज ७ गतेदेखि निरन्तर आन्दोलनमा उत्रिएका […]