ओलीले व्यवस्थाको बदनाम गर्दा प्रतिगामी हौसिए : वर्षमान पुन

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको गलत रबैयाबाट हौसिएर प्रतिगामी शक्तिले टाउको उठाउने प्रयास गरेको बताएका छन् ।  पार्टीको रामेछाप–काठमाडौं सम्पर्क समन्वय समितिको अधिवेशनलाई शनिबार राजधानीमा उद्‌घाटन गर्दै पुनले  राजावादी शक्ति उत्साहित हुनुमा प्रधानमन्त्री केपी ओलीका क्रियाकलाप जिम्मेवार रहेको आरोप लगाए ।  ओलीले सहकारी, भुटानी शरणार्थी र मिटर व्याजमा मुछिएका सत्तारुढ […]