आर्थिक चुनौतीका कारण क्षयरोग नियन्त्रणको विश्वव्यापी प्रयास कमजोर हुँदै

पर्याप्त लगानी, दृढ नीतिगत प्रतिवद्धता र स्वास्थ्य सेवा सुदृढीकरणमा आवश्यक ध्यान नदिँदा वित्तीय चुनौतीका कारण क्षयरोग नियन्त्रणका विश्वव्यापी प्रयासहरू क्रमशः कमजोर बन्दै गइरहेका छन्। यस्तो परिस्थितिमा उपचार सेवा, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, औषधि आपूर्ति र रोकथाम कार्यक्रमहरूमा गम्भीर असर पर्ने जोखिम बढ्दो छ।