‘फुटबल भन्छौँ दिनरात, खेल नहुँदा पाक्दैन भात’

फुटबल खेल्न पाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका नेपाली राष्ट्रिय खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) को गेटमा बिहीबार आफ्नो पदक झुन्ड्याए। अनि ती पदकहरू त्यहीँ छाडेर उनीहरूले एक साताभित्र माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिए।