गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा प्रमुख बाली करु भित्र्याउने सिजन सुरु भएको छ। हिमाली भेगमा केहीदिनदेखि करु काट्ने सिजन सुरु भएको चुमनुब्री गाउँपालिका वडा नं. २ ल्होका साङ्गेदोर्जे लामाले जानकारी दिए। ३१०० मिटर उचाइमा रहेको नुब्री उपत्यकामा अहिले किसानहरु धमाधम करु काट्न थालेका उनले बताए। ‘हाम्रो मुख्य बाली करु र आलु हो’ लामाले भन्नुभयो, ‘अहिले […]