एसीसी इमर्जिङ टिम्स एसिया कप - अफगानिस्तान र बङ्लादेश विजयी

काठमाण्डाै - एसीसी इमर्जिङ टिम्स एसिया कपमा आज अफगानिस्तान 'ए' र बङ्लादेश 'ए' विजयी भएका छन् । श्रीलङ्कामा भएको खेलमा अफगानिस्तान 'ए' ले घरेलु टोली श्रीलङ्का 'ए' लाई ११ रनले हरायो ।अफगानिस्तानले दिएको २ सय ५३ रनको लक्ष्य पछ्याएको  श्रीलङ्का २ सय ४१ रनमा अलआउट भयो ।अर्को खेलमा बङ्लादेशले ओमानलाई ८ विकेटले हरायो । ओमानले दिएको १ सय २७ रनको लक्ष्य बङ्लादेशले २ विकेट गुमाएर  १६ ओभर ३ बलमै भेट्टायो ।समूह 'ए' मा दुवै खेल जितेको अफगानिस्तान शीर्ष स्थानमा छ । &n...

सम्बन्धित सामग्री

श्रीलंका भ्रमणको अनुभव एसिया कप क्रिकेटमा उपयोग गर्ने

१८ साउन, काठमाडौं । श्रीलंकामा भएको एसीसी इमर्जिङ टिम्स एसिया कप र त्यस लगत्तै १५ दिनको हाइ पर्फमेन्स क्याम्प सकेर नेपाली क्रिकेट टिम स्वदेश फर्केको छ । श्रीलंकामा रहँदा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा ३ खेल खेल्यो भने त्यसपछिको श्रीलंकाली टोलीसँग ४ वटा अभ्यास खेल पनि खेल्यो । नेपालको राष्ट्रिय क्रिकेट टिमले भारत ए […]

एक महिनामा कोहि पनि विराट कोहली बन्दैन : कप्तान पौडेल

काठमाडौं, १८ श्रावण । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एक मिहनामै कोहिपनि ठूलो खेलाडि बन्न नसक्ने बताएका छन्। बिहीबार एसीसी इमर्जिङ टिम्स एसिया कप तथा एसिया कपको दुई साता तयारी गरेर श्रीलंकाबाट स्वदेश फर्किएका कप्तान पौडेलले एक मिहनामै कोहिपनि ठूलो खेलाडि बन्न नसक्ने बताएका हुन्। उनले भने, ‘एक महिनामा केहि पनि परिवर्तन हुँदैन। […]

कप्तान रोहित भन्छन् : हरेक खेल विनिङ मेन्टालिटीसहित खेल्छौं

२८ असार, काठमाडौं । एसियाका ८ राष्ट्रका इमर्जिङ टिम सहभागी एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा सुरु भएको छ । एसियाका पाँच टेष्ट राष्ट्रसहित ८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाले आफ्नो पहिलो खेल भने भोलि शुक्रबार पाकिस्तान ए सँग खेल्ने छ । पाँच टेष्ट राष्ट्रका ए टिम सहभागी हुने यो प्रतियोगितामा युएई र ओमानले पनि युवा […]

इमर्जिङ टिम्स कप : एशिया कपको तयारी

२५ असार, काठमाडौं । विश्वकप छनोट क्रिकेट खेलेर घर फर्केको चौथो दिन नेपाली क्रिकेट टिम श्रीलंका प्रस्थान गरेको छ । श्रीलंकामा एशियाका टेष्ट मान्यता प्राप्त सहितका ८ राष्ट्र सम्मिलित एसीसी इमर्जिङ टिम्स एसिया कप हुँदै छ । इमर्जिङ कपमा नेपाल बाहेकका देशले आफ्नो ए टिमलाई सहभागी गराउनेछन् । नेपालले जिम्बाव्वेमा भएको विश्वकप छनोट खेलेका ११ जना […]

इमर्जिङ टिम्स एसिया कपमा पनि भारत र पाकिस्तानकै समूहमा नेपाल

८ असार, काठमाडौं । एसियन क्रिकेट काउन्सिल एसीसीले सञ्चालन गर्ने एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा आयोजना हुने भएको छ । असार २९ देखि साउन ७ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपाल टिम समूह बी मा भारत, पाकिस्तान र यूएईसँग परेको जानकारी आएको क्यानका कार्यवाहक सचिव दुर्गा पाठकले बताए । समूह एमा आयोजक श्रीलंकासँगै ओमान, बंगलादेश […]

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : पाकिस्तान ‘ए’ च्याम्पियन

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट उपाधि पाकिस्तान ‘ए’ ले जितेको छ । श्रीलङ्काको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा आइतबार भएको फाइनलमा पाकिस्तानले चर्चित प्रतिद्वन्द्वी भारत ‘ए’ लाई एक सय २८ रनले हरायो ।

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : नेपाल १६७ रनमा अलआउट

श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले जितका लागि भारत ‘ए’ लाई एक सय ६८ रनको लक्ष्य दिएको छ ।