प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त, तिलक परियार पदमुक्त

काठमाण्डाै – प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि राष्ट्रपतिले प्रदेश २ का प्रमुख तिलक परियारलाई पदमुक्त गर्नुभएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा परियारलाई पदमुक्त गरिएको राष्ट्रपतिको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । प्रदेश २ का प्रमुख परियार तत्कालीन नेकपा माओवादीका नेता हुनुहुन्छ ।

सम्बन्धित सामग्री

प्रदेश २ प्रमुख तिलक परियार पदमुक्त, राजेश झा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुखलाई पदमुक्त गर्नु भएको छ । परियारलाई पदमुक्त गरेलगत्तै मन्त्रिपरिषदको सिफारिसमा राजेश झा (रौतहट)लाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।