लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने

काठमाडौं : कुख्यात लागू औषध तस्कर डेरो एन्टोनियो उसुगालाई अमेरिका पठाइने भएको छ। कोलम्बियमा हिजो पक्राउ परेका देशकै कुख्यात लागू औषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख ओटोनियल भनिने उसुगालाई अमेरिका पठाउने कोलम्बियाले घोषणा गरेको हो।उनलाई शनिबार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको थियो। कोलम्बियाले उसुगाबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो।त्यस्तै अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो। अमेरिकाले संघीय कानुन अनुसार