बुटवल कार्यपालिकाको पहिलो निर्णय : ‘बिपी–पुष्पलाल पार्क निर्माण गरिने’

बुटवल । स्थानीय तहको चुनावपछि गठित बुटवल उपमहानगरपालिका कार्यपालिकाको पहिलो बैठकले बुटवलमा बिपी कोइराला र पुष्पलाल श्रेष्ठको शालिकसहित संयुक्त पार्क बनाउने निर्णय गरेको छ । बैठकमा नगर प्रमुख खेलराज पाण्डेयले बुटवल–११ को वडा कार्यालयको उत्तरतर्फ सार्वजनिक जग्गामा प्रजातान्त्रिक आन्दोलनका नेतृत्वकर्ता बिपी र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको एकैथलोमा पूर्णकदको शालिकसहित पार्क बनाउने प्रस्ताव राख्नु भएको […]