टी–२० विश्वकप - श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

श्रीलंकालाई हराउँदै इंग्ल्याण्ड टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सिड्नीमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्याण्ड समूह १ बाट अन्तिम चारमा पुगेको हो ।श्रीलंकाले दिएको एक सय ४२ रनको लक्ष्य इंग्ल्याण्डले  ६ विकेट गुमाएर २ बल बाँकी छँदै भेटायो । उसका लागि एलेक्स हल्सले ४७ र बेन स्टोक्सले नटआउट ४२ रन बनाए । श्रीलंकाका लाहिरु कुमारा, वानिन्दु हसरंगा र धनञ्जय डि सिल्भाले २/२ विकेट लिए ।आजको नतिजाले आयोजक अष्ट्रेलिया समेत प्रतियोगिताबाट बाहिरिएको छ । इंग्ल्याण्डसँग समान ७ अंक भए पनि रन रेटका आधारमा पछि पर्...