प्रदेश लोकसेवा आयोग गठनको १० महिना : कर्मचारी माग्ने सुरसार नै छैन

धनगढी– सुदूरपश्चिममा प्रदेश लोकसेवा आयोग गठन भएको १० महिनासम्म पनि आयोगले काम सुरू गरेको छैन । प्रदेशअन्तर्गतका सरकारी कार्यालयले आवश्यक कर्मचारी मागसम्बन्धी माग नगरेका कारण आयोग गठन कामविहीन बनेको हो । लोकसेवा आयोगका सचिव दुर्गादत्त बिष्टका अनुसार प्रदेश सरकारले अहिलेसम्म कर्मचारी आवश्यकता बारे तथ्यांक दिएको छैन । यद्यपी, आयोले सबै तयारी गरेर बसेको उनले बताए […]