काठमाडौँको मुटुमा विराजमान सिंहदरबार देशकै शासन–प्रशासनको धड्कन थियो। जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौ अपराह्नदेखि यो ऐतिहासिक भवनको मुटु धड्किन छोडेको छ। मोबाइल फोनमा जब सिंहदरबारमा ज्वाला दन्केको देखेँ, विश्वास नै गर्न सकिनँ। जे देखिरहेको थिएँ, त्यो अकल्पनीय थियो। आन्दोलनको पहिलो दिन १९ युवा मारिएको घटनाले पहिल्यै मर्माहत बनाइसकेको थियो। कलिला युवाको हत्याले आधा मरिसकेको […]
अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले चार्ली कर्कको हत्यापछि राजनीतिक सङ्कट आउन सक्ने चेतावनी दिएका छन्। पेन्सिलभेनियामा आयोजित कार्यक्रममा बोल्दै ओबामाले आफू कर्कलाई व्यक्तिगत रूपमा नचिन्ने र उनका धेरै विचारसँग असहमत रहेको भए पनि उनको हत्या “भयानक र दुःखद” भएको बताए। उनले विगतका रिपब्लिकन राष्ट्रपतिहरूले तनावपूर्ण अवस्थामा राष्ट्रिय एकतामा जोड दिएको स्मरण गराए। तर, डोनाल्ड ट्रम्पले […]
काठमाडौँ। प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रधान कार्यालयले बुधबार राति असोज १ गतेबाट लागू हुने गरी एसपी सरुवा गरेको हो। यो सरुवामा कतिपय जिल्ला प्रहरी प्रमुखहरू फेरिएका छन्। पर्साका एसपी गौतम मिश्रको सरुवा भएको छ। त्यहाँ सुदीपराज पाठकको सरुवा गरिएको छ। मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाको सरुवा भएको छ। […]