निर्वाचनमा बालबालिका प्रयोगका २ सय १६ वटा घटना सार्वजनिक

गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवारहरूबाट बालबालिका प्रयोग भएका २१६ वटा घटना सार्वजनिक भएको छ । बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सोमबार एक कार्यक्रम आयोजना गरी मंसिर ४ गतेको निर्वाचनमा २१६ वटा बालबालिका प्रयोगको घटना भएको जानकारी दिएको हो । सो संस्थाले गरेको अध्ययन अनुसार बालबालिका प्रयोगको २१६ वटा घटनाहरु मध्ये प्रचारप्रसार तथा ¥यालीमा १४४ वटा, घरदैलोमा १२ वटा, आम