स्थानीय निर्वाचनमा कोरोनाको छाया : बजेट बढ्यो, छुट्टै मापदण्डको तयारी

०७४ वैशाख ३१, असार १४ र असोज १ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित पदाधिकारीहरूको पदावधि जेठ ५ गते समाप्त हुँदैछ । निर्वाचन आयोगले जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रस्ताव गरेको छ । सरकारलाई मिति प्रस्ताव गरेसँगै निर्वाचन आयोग कोरोना महामारीका बीचमा चुनाव गर्नु पूर्व र पश्चात्का कार्यको तयारीमा जुटिरहेको छ । प्रस्तावित मितिअनुसार अब स्थानीय तहको चुनाव हुन करिब साढे तीन महिना बाँकी छ । नेपालमा हाल कोरोना सङ्क्रमणको तेस्रो लहर काय