हटाउन थालियो टिपरको प्रेसर हर्न

अरनिको र बीपी राजमार्गमा चल्ने टिपरको प्रेसर हर्न प्रहरीले हटाउन थालेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सो जिल्ला भित्रका सडकमा गुड्ने टिपरको हर्न हटाउन थालेको हो । पछिल्ला केही दिनयता प्रहरीले २ सय ५० वटा टिप्परका प्रेसर हर्न हटाएको छ ।अभियानको रुपमा प्रेसर हर्न हटाउन थालिएको काभ्रेका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । उनले भने–‘प्रेसर हर्न हटाउने अभियान शुरु गरेका छौं, तोकिएको क्षमताभन्दा धेरै निर्माण सामाग्री बोक्ने टिपरलाई कारवाहीको दायरमा ल्याएका छौं ।’  जिल्ल