स्टेज कार्यक्रम 'मिस' गर्दै नेपाली कलाकार

गत साल प्रकाश सपुत स्टेज प्रोग्राममै निकै व्यस्त भए। एकदिनमै दुईवटा स्टेज शोमा पुग्न भ्याइन्भ्याइ हुन्थ्यो। माघ महिनासम्म पनि महोत्सवहरु गाउन पुगेका थिए उनी। तर त्यसपछि उनको स्टेज यात्रामा विराम लाग्यो। कारण - कोरोना भाइरसको संक्रमण। संक्रमणको खतराका कारण स्टेज शोको संख्या घट्दै गयो। चैतदेखि लकडाउन भएयता सयौंको संख्याबीच हुने स्टेज कार्यक्रमहरु…