काठमाडौँ : काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागले ५ वर्षे रणनीतिक योजना तर्जुमा गर्ने भएको छ। शहरी विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, विपद्को समयमा गर्नुपर्ने व्यवस्थापनका काम र विपद्पछिको पुनःस्थापना, पुनर्लाभका लागि वडा र समुदायस्तरीय क्षमता विकास, आन्तरिक र साझेदारबीचको समन्वय योजनामा समेटिनेछन्।यसबाट सुरक्षित शहर निर्माणमा योगदान पुग्नेछ। विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भने, ‘शहरको मौलिकता र आधुनिक विकासको चरणलाई सन्तुलित गर्दै शहरलाई सुरक्षित बना